Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

अरुणको परिवारलाई एनआरएनए साउदिद्वारा आर्थिक सहयोग

अरुणको परिवारलाई एनआरएनए साउदिद्वारा आर्थिक सहयोग

सतीश चापागाईं

४, माघ २०७५
images
ध्रुब रिजाल साथमा तेज थापा, साउदी अरब – गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जेद्दा साउदी अरेवीयाले मृतकको परिवारलाई नगद आर्थिक सहयोग गरेको छ । मस्तिष्क राक्तश्रापका कारण मृत्युु भएका वेदनिधि (अरुण) चापागाईंको परिवारलाई संघले २ लाख ४५ हजार ५ सय ११ रुपैयाँ नगद सहयोग गरेको हो । गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति जेद्दा साउदी अरेवीयाको कार्यसमिति सदस्य समेत रहेका स्व. बेदनिधि चापागाई (अरुण) को मृत्युुको खबर पाउनासाथ राहत संकलन गर्ने निर्णय गरेको थियो । अभियानमा संकलित रकम गत १५ जनवरी, २०१९ मा स्व. बेदनिधि चापागाईकि श्रीमती निर्मला कुमारी वलीको बैक खातामा विप्रेषण गरेको समितिका अध्यक्ष भिम गुरुङले जानकारी दिएका छन् । त्यसैगरी एनआरएनए राष्ट्रिय समन्वय परिषद साउदी अरेवीयाको कल्याणकारी कोष मार्फत रु. ५० हजार दिने घोषणा पनि गरेको छ । एनसीसी श्रोतले दिएको जानकारी अनुसार उक्त रकम परिवारलाई छिट्टै हस्तान्त्रण गरिने छ । साउदी अरेवीयाको जेद्दा स्थित सुलेमान फकिह अस्पतालमा उपचारका क्रममा गत डिसेम्बर १, २०१८ मा अल्पायुमै चापागाईंको असामयिक निधन भएको थियोे । उनी जेद्धा स्थित अलमाराई कम्पनीमा विगत अढाई वर्ष देखि कार्यरत थिए । कुशुम बाँके स्थाई घर भएका अरुणकि श्रीमती, १० बर्षकी छोरी र ३ बर्षको छोरा छन् । अमेरिकाबाट २ लाख सहयोग चापागाईंको परिवारलाई अमेरिका र जापानका सहयोगी मार्फत २ लाख ४ हजार डलर पनि प्रदान भईसकेको छ ।

images
प्रकाशित मिति :माघ ४, २०७५ शुक्रवार - १८:५७:५९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend