Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

‘विमस्टेकमा यातायात र विद्युत् व्यापारमा जोड दिनुपर्छ’ -पूर्वराजदूत डा. शंकर शर्मा

‘विमस्टेकमा यातायात र विद्युत् व्यापारमा जोड दिनुपर्छ’ -पूर्वराजदूत डा. शंकर शर्मा

सतीश चापागाईं

२६, श्रावण २०७५
images
नेप्लिज डायस्पोरा काठमाडौं : पूर्वराजदूत डा. शंकर शर्माले काठमाडौंमा भदौ १४ र १५ गते हुने विमस्टेक शिखर सम्मेलनमा नेपालले कनेक्टिभिटी र विद्युत् व्यापारमा बढि जोड दिनुपर्ने सुझाव दिएका छन् । शनिबार रिपोर्टर्स क्लबमा शर्माले भने, ‘नेपालले विद्युत र पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनमा बढि जोड दिनुपर्छ । विमस्टेकका सदस्य राष्ट्रहरुसँग नेपालको पर्यटन वृद्धि र विद्युत व्यापार बढाउनुपर्छ ।’ नेपालले यी मुद्दामा बढि जोड दियो भने व्यापार घाटा कम गर्न सकिने पनि उनको जोड थियो । शर्माले जलविद्युतमा हामीले सहकार्य गर्न सक्यौं भने बढिभन्दा बढि लाभ हाँसिल गर्न सकिने बताए । ‘नेपालमा धार्मिक, आध्यात्मिक, सांस्कृतिक र साहसिक पर्यटनको बढी सम्भावना छ । यसको विकासमा नेपालले ध्यान पुर्याउनुपर्छ । विमस्टेक राष्ट्रहरुसँग मिलेर यसको प्रवद्र्धनमा जोड दिनुपर्छ । अहिले उपर्युक्त मौका हो, शर्माले भने । विमस्टेक राष्ट्रहरुबीच कनेकक्टिभीटी कमजोर रहेको सुनाउँदै अब यो सम्मेलनमार्फत एक अर्का राष्ट्रबीच जोडिने सञ्जालहरुलाई बढावा दिनुपर्ने शर्माको सुझाव छ । नेपालले विमस्टेकलाई सही सदुपयोग गर्नुपर्ने शर्माको भनाई छ । उनले भने, ‘विमस्टेकमार्फत हामीले आर्थिक वृद्धि हाँसिल गर्नुपर्छ । विज्ञान तथा प्रविधि क्षेत्रको पनि विकास उतिकै महत्वपूर्ण छ । जीवनस्तर उकास्नको लागि पनि विमस्टेक उपयोगी छ ।’ यस्तै अर्का पूर्वराजदुत एवं परराष्ट्रविद् प्रद्युम्न विक्रम शाहले विमस्ेटक शिखर सम्मेलनमार्फत विमस्टेक बडापत्र बनाउन आवाज उठाउनुपर्ने बताएका छन् । उनले भने, ‘यसलाई राम्रोसँग सञ्चालन गर्नको लागि पनि बडापत्र चाहिन्छ । विमस्टेकको बडापत्र सार्कजस्तो नभएर अलिक फ्लेक्जिवल हुुनुपर्छ ।’ यद्यपी उनले विमस्टेकको कमजोरी भनेकै नेतृत्वको संकट देखिएको सुनाए । उनले भने, ‘विमस्टेकको अहिलेको कमजोरी भनेको यसको नेतृत्वमा देखिएको संकट नै हो ।’ शाहले थाईल्याण्ड र म्यानमारको झुकाव आसियान मुलुकसँग बढि रहेको सुनाए । ‘भारतको आसियानसँग ठूलो व्यापार छ, उनले भने, ‘१५ भन्दा बढि संयन्त्र अहिले आसियानसँग सक्रिय छन् । भारतले आफ्नो व्यापार आसियानमार्फत गर्छ । भारतले आसियानमा नियोग स्थापना गरी आसियानसँग प्रत्यक्ष व्यापार अभिवृद्धि गरिरहेको छ । विमस्टेकमा भारतलाई खासै चासो छैन ।’ विमस्टेकमा सदस्यताको प्रतिनिधित्वमा सन्तुलन नभएको उनको भनाई छ । शाहले भने, ‘भविष्यमा लाओस्, भियत्नामा, मलेसिया र कम्बोडियाजस्ता मुलुकलाई पनि विमस्टेकमा सहभागी गराउनुपर्छ । यसो गर्न सकियो भने सार्क र आसियान क्षेत्रका सदस्यहरुको सन्तुलन हुन्छ । विमस्टेक भनेको आसिायन र सार्कको पुल हो । यसलाई सन्तुलन बनाउन जरुरी छ ।’

images
प्रकाशित मिति :श्रावण २६, २०७५ शनिवार - १३:०१:१९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend