Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अग्लो धोका -जनक कार्की

अग्लो धोका -जनक कार्की

सतीश चापागाईं

२६, श्रावण २०७५
images
••••••••••••••• ससांरको सबैभन्दा अग्लो टावर `बुर्ज खलिफा´ बनाउन पासाङ्ग शेर्पाले पसिना र रगत समर्पण गरेका हुन। उनले श्रम गर्दा सिमेन्टले फुटेका हातहरू अझैपनी भुकम्पले चर्किएको घर जस्तै छ। छड्ले उनको छातीमा लेखेको एक धर्का अझैपनि च्यातिएर सिलाएको कमिजको अवस्था जस्तै छ। बालुवाका मसिना टुक्राहरू उनको मृगौलासगँ दोस्ती गरेर बेला बेलामा पछाडिबाट छुरी हानीरहन्छ। यदि भोलि त्यो ठाउँमा केही बिनोद चौधरीहरू वा केही उनले बनाएको चाउचाउ खाएर बाचिरहेका आफुलाई बेचेका आधुनिक कमाराहरू पुगिहाल्यो भने ` बुर्ज खलिफामा´ भेटने छैनौ शेर्पा दाइको नाम। यसपाली पनि उहिले जस्तो भाको छ जुनबेला शेर्पा दाइको बाजे भारी बोकेर ससांरको सबैभन्दा अग्लो सगरमाथामा पहिलो पाहिला टेकेका थिए तर समाचारमा भने अरू कसैको नाम आउदा उनी गुमनाम थिए। सधै अग्लो काम गर्ने पासाङ्ग शेर्पालाई फेरि पनि साविक अग्लो धोका मिलेको छ। तानसेन पाल्पा हाल: दुबई

images
प्रकाशित मिति :श्रावण २६, २०७५ शनिवार - १५:०५:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend