Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

दुवईमा नया बर्ष शुभकामना सास्कृतिक कार्यक्रम अप्रील १९ मा हुने

दुवईमा नया बर्ष शुभकामना सास्कृतिक कार्यक्रम अप्रील १९ मा हुने

सतीश चापागाईं

२९, चैत्र २०७५
images
नेपाली संगीत र कलाको सम्बर्धन र प्रबर्धन मुल मर्मका साथ दुवईमा नया बर्ष शुभकामना सास्कृतिक कार्यक्रम अप्रील १९ तारिक हुने भएको छ | नेपालबाट तपाईंको मनपर्ने सेलिब्रिटीबाट प्रवासको कामको थकानलाई भुलाउदै नया बर्ष संगीतको माहौलमा रमाउन र झुमाउन शुभकामना आदानप्रादान गरेर मनाउने भएको छ | नेपालबाट चर्चित सदाबहार तथा लोकप्रिय गायक सुगम पोखरेल, नेपाल आइडलका फर्स्ट रनरअप निशान भट्टराई, गायक भरत सिटौला, प्रनिल तिमल्सिना, गायिका सन्जना श्रेष्ठका साथमा हास्य टेलि शृंखला भद्रगोलबाट सार्बधिक चर्चा बटुलेकी मोडल तथा कलाकार रक्षा श्रेष्ठले स्टेजमा धमका मच्चाउने भएका छन | कला, साहित्य र संस्कृतिलाई प्रर्वद्धन गर्दै साङ्गितिक मनोरञ्जनको लागि नया बर्ष शुभकामना सास्कृतिक कार्यक्रमको ‍युएईका युबाहरु बिनोद सेट्ट्टि, रबिन थापा , दिनेश धमाला र बिजय बिस्टले आयोजना गरेका हुन | कार्यक्रममा दर्शकका लागि १०० दिराम टिकट निर्धारण गरिएको छ । आयोजकले युएईमा कृयासिल सम्पुर्ण सामाजीक, राजनितिक क्षेत्रीय लगायत सबौ सस्था तथा समाजसेबिलाई सहयोगको अपिल गरेका छन |

images
प्रकाशित मिति :चैत्र २९, २०७५ शुक्रवार - १९:०७:२० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend