Logo

बुधवार, श्रावण २७ गते २०८३   |   2026 August 12

images

images

खेमराज अधिकारीलाई एनआरएनए हेल्प डेस्कद्वारा आर्थिक सहयोग

खेमराज अधिकारीलाई एनआरएनए हेल्प डेस्कद्वारा आर्थिक सहयोग

सतीश चापागाईं

२७, श्रावण २०७५
images
पशुपति बश्याल बाल्टिमोर, अमेरिका अगष्ट १२ एनआरएन अमेरिकाको हेल्प डेस्कको पहलमा बाल्टिमोरमा अफ्ठेरोमा परेका खेमराज अधिकारीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । निदान हुन नसकेको रोगबाट ग्रसित अधिकारी काम गर्न सक्ने अवस्थामा छैनन् । हाल अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै आएका छन् ।   नेपालमा कास्कीको ढिकुरपोखरी घरभएका अधिकारीका बारेमा उनका साथीहरुले सहयोग गरिदिन एनआरएन अमेरिकालाई अनुरोध गरेपछि सहयोग प्रक्रिया अगाडी बढेको एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टरका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठले नेप्लिज डायस्पोरालाई बताउनु भयो ।   एनआरएनए अमेरिकाकी केन्द्रिय उपाध्यक्ष तथा हेल्प डेस्क संयोजक उमा कार्की थापाको सक्रियतामा उठेको ४६२९.९८ र एनआरएनए आपतकालिन कोषबाट १००० डलर थप गरी कुल ५ हजार ६ सय २९.९८ डलरको चेक एनआरएनए अमेरिकाका उपाध्यक्ष जेदु पोखरेल तथा कोषाध्यक्ष एवं आपतकालिन कोषका संयोजक डा. प्रकाश अर्याल मार्फत प्रदान गरिएको थियो ।   अधिकारीलाई रकम हस्तान्तरण गर्दै केन्द्रिय उपाध्यक्ष जेदु पोखरेलले अधिकारीको समस्यामा यो रकमले केहि भएपनि मल्हम लगाउने विश्वास ब्यक्त गर्नु भयो । साथै, आपतकालिन कोषका संयोजक डा. प्रकाश अर्यालले समस्यामा परेका हरेक नेपालीको सहयोगमा एनआरएन अमेरिका सक्रिय रहने बताउनु भयो ।   उक्त चेक हस्तान्त्रण गर्ने कार्यक्रममा एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ, एनआरएन मेरिल्याण्डका कोषाध्यक्ष बिष्णु बराल हेल्प डेस्क च्याप्टर संयोजक ईन्द्र थापा एवं एनआरएनए सदस्य तथा समाजसेवी राजु पराजुली लगायतको उपस्थिति थियो ।

images
प्रकाशित मिति :श्रावण २७, २०७५ आइतवार - २०:५४:०७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend