Logo

बुधवार, श्रावण २७ गते २०८३   |   2026 August 12

images

images

अष्टिनमा नेपाली सामुदायीक केन्द्र बनाउन रकम संकलन शुरु

अष्टिनमा नेपाली सामुदायीक केन्द्र बनाउन रकम संकलन शुरु

सतीश चापागाईं

२८, श्रावण २०७५
images
२८ श्रावण २०७५, सोमबार टेक्सास (अष्टिन)- अमेरिका टेक्सासको अष्टिनमा नेपाली सामुदायीक केन्द्र स्थापनाका लागी आइतवार छलफल गरिएको छ । लामो समयदेखी अष्टिनमा नेपाली सामुदायीक केन्द्र बनाउने बिषयमा छलफल भइरहेपनि यस बिषयमा ठोस काम हुन नसकिरहेको बेला आइतवारको छलफलबाट सामुदायीक केन्द्रका लागी चाहिने रकम संकलन समेत शुरु गरिएको छ । पहिलो चरनमा सामुदायीक केन्द्र स्थापनाका लागी आवश्यक अनुमान गरिएको करिब ४ लाख डलर रकम संकलन आजैबाट शुरु गरिएको छ । सामुदायीक केन्द्र स्थापनाका लागी ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स) को पहलमा ग्यान्सका पुर्ब अध्यक्ष गेहेन्द्र केसीको संयोजकत्वमा एक समिती बनाइएको थियो । समितीले आइतवार अष्टिनवासी नेपालीहरुसंग छलफल गरेर सामुदायीक केन्द्रका लागी सहयोग संकलन शुरु गरेको हो । आइतवार सम्पन्न छलफलमा उपस्थित अष्टिनवासी अग्रज नेपालीहरुले सामुदायीक केन्द्र स्थापनाका लागी सबैले आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गरेका थिए । आजैबाट सहयोग रकम संकलन गर्न शुरु गरिएकोमा पहिलो दिन छलफल गरिएको स्थान फुल्गरभिल लाइब्रेरीमा १२ हजार १ सय २५ डलर रकम संकलन भएको समितीका संयोजक गेहेन्द्र केसी ले जानकारी दिनुभयो । सबै अष्टिनवासी नेपालीहरुलार्य सामुदायीक केन्द्रप्रति अपनत्व हुने किसिमले २ सय ५० डलर प्रतिपरिवार सहयोग रकम संकलन गर्ने लक्ष्य लिइएको भएपनि सहयोग गरेको सबै रकम स्विकार गरिने छ भने १ हजार डलर भन्दा माथीको रकम सहयोग गर्नेहरुको नाम सामुदायीक केन्द्रको शिलालेखमा उल्लेख गरिने संयोजक केसीको भनाई छ । चार पांच महिना भित्रमा केन्द्रका लागी आवश्यक अनुमान गरिएको रकम संकलन गरिने लक्ष्य सहित काम शुरु गरिएको र हरेक हप्ता हप्ताभरी संकलन भएको रकम र सो रकम सहयोग गर्ने व्यक्तिको नामावली सार्बजनिक गरिने पनि बताइएको छ । सहयोग संकलन गर्न समितीले बैंक खाता संचालनमा ल्याएको छ भने ग्यान्सको वेबसाइटबाट पनि सहयोग गर्न सकिने व्यबस्था गरेको छ । यो संगै अष्टिन र आसपास नेपालीहरुको बाक्लो बसोवास रहेको क्षेत्रमा नेतृत्वदायी भुमिका खेल्ने व्यक्तिहरुलाई हाते रसिद बितरण गरेर समेत रकम संकलनलाई तिब्र पारिने योजना बनाइएको छ । यसपटक सक्दो चांडो अष्टिनमा नेपाली सामुदायीक केन्द्रको सपनालाई मुर्त रुप दिन लागिपरेका छौं समिती संयोजक गेहेन्द्र केसीले भन्नुभयो ‘यस्तो अवस्थामा सबैको साथको जरुरी छ ।’ नेपालीहरुको बाक्लो उपस्थिती रहेका अमेरिकाका अधिकांस शहरमा आफ्नै नेपाली सामुदायीक केन्द्र स्थापना भइसकेका बेला अष्टिनमा पनि यसको लागी पहल थालिएको हो । यो खबर हिमालपाटीबाट लिएका हौँ ।

images
प्रकाशित मिति :श्रावण २८, २०७५ सोमवार - ०८:१८:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend