Logo

बुधवार, श्रावण २७ गते २०८३   |   2026 August 12

images

images

सान्-फ्रान्सिस्कोमा आइतवारदेखी धार्मिक महोत्सव शुरु

सान्-फ्रान्सिस्कोमा आइतवारदेखी धार्मिक महोत्सव शुरु

सतीश चापागाईं

२८, श्रावण २०७५
images
सागर श्रेष्ठ सान-फ्रान्सिस्को – सामुदायिक भवन निर्माणका लागि सान्-फ्रान्सिस्कोमा आइतवारदेखी धार्मिक महोत्सव शुरु भएको छ । प्रवासी अमेरिकन नेपाली समुदाय उपस्थित रहेको बिभिन्न राज्यहरुमा मन्दिर, स्तुपा र सामुदायिक केन्द्र निर्माण गर्ने क्रमसंगै सान्-फ्रान्सिस्को क्षेत्रमा सामुदायिक केन्द्र निर्माणको लागि धार्मिक महोत्सव तथा महापुराण शुरु भएको छ । नेपाली सांस्कृतिक केन्द्रको संयोजकत्वमा सान्-फ्रान्सिस्को क्षेत्रमा सकृय बिभिन्न सामाजिक संस्थाहरुको सहभागीतामा खरिद गरिएको बिशाल जग्गामा सामुदायिक केन्द्र निर्माणका लागि आइतवार भुमी पूजा सम्पन्न भएको छ । वाचन प्रविण पन्डित दिनबन्धु पोखरेल र बौद्ध भिक्षुहरुद्दारा बौद्ध र हिन्दू परम्परानुसार यो पवित्र जग्गामा भुमी-पूजा सम्पन्न भएको छ । सान्-फ्रान्सिस्को र यस क्षेत्र वरपर सकृय सामाजिक संघ-संस्थाहरु, सामाजिक अभियान्ताहरु, अग्रजहरु, पत्रकार र सदस्यहरुको ठुलो उपस्थिती रहेको महोत्सवको पहिलो दिन कलश यात्रा पनि सम्पन्न भएको छ । आइतवार महोत्सवको उद्घाटन भएको छ भने सोमबारदेखी वाचन प्रविण दिनबन्धु पोखरेलको मुखराविन्दुबाट श्रीमद्-भागवत ज्ञान महायज्ञको वाचन हुनेछ । डालस, लस एन्जलस, बोस्टन र बाल्टिमोरको सफल महायज्ञले जुताएको रकमबाट बनेका र बन्दै गरेका सामुदायिक जोशले सान-फ्रान्सिस्कोमा पनि नेपाली समुदायको केन्द्र निर्माणार्थ सेवामा एकजुट हुन नेपाली सांस्कृतिक केन्द्रका संयोजक उत्तम कार्कीले सबैमा अपिल गर्नुभएको छ । तस्बिर सागर श्रेष्ठ

images
प्रकाशित मिति :श्रावण २८, २०७५ सोमवार - ०८:२७:५९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend