Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

ड्यालसमा एकै दिन १२ जना श्रष्टा सम्मानित आचार्यको ‘न्यास्रो जन्मभूमिको’ को समिक्षा

ड्यालसमा एकै दिन १२ जना श्रष्टा सम्मानित आचार्यको ‘न्यास्रो जन्मभूमिको’ को समिक्षा

सतीश चापागाईं

२८, श्रावण २०७५
images
  ड्यालस (टेक्सस) – आइतबार ड्यालसमा एउटै मञ्चमा एक दर्जन नेपाली भाषाका श्रष्टाहरु सम्मानित भएका छन् । नेपाली भाषा साहित्यमा पुस्तक प्रकाशित गरेर योगदान गरेका साहित्यकारहरुलाई श्रष्टा साँझ, नेपाली समाज टेक्सस र हिमालय खबर अनलाइनले संयुक्त रुपमा सम्मानित गरेका हुन् । विगतदेखि हालसम्म नेपाली साहित्यमा कुनै न कुनै कृति प्रकाशित गरेका र हाल ड्यालसको सेरोफेरोमा रहेका नेपाली साहित्यकारहरुलाई सम्मानित गरिएको हो । सम्मानित हुनेहरुमा विजयराज भट्टराई, विश्वराज अधिकारी, नर्बदादेबी भट्टराई, लीला श्रेष्ठ ‘सजल’, साबित्रीदेवी आचार्य, तुङगनाथ उपाध्याय, पातलो अन्तरे (लीलाधर अधिकारी), महेन्द्र पौडेल, देंजोम साम्पाङ, पुण्डरी अर्याल, बिकु लामा र शीलु घिमिरे रहेका छन् । पुरस्कृत श्रष्टाहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । त्रिभुवन विश्वविद्यालय नेपाली भाषा विभागका प्राध्यापक मोहन सिटौलाले सम्मानितहरुलाई सम्मानपत्र प्रदान गरेका थिए । त्यस अवसरमा श्रष्टा साँझका अभियन्ता प्रभात दीक्षित र बेदनिधी दाहाल, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, हिमालय खबरका प्रवन्ध सम्पादक विकासराज न्यौपाने, पुरस्कृत व्यक्तित्वहरु विजयराज भट्टराई, विश्वराज अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । आचार्यको ‘न्यास्रो जन्मभूमिको’ समिक्षाः सोही कार्यक्रममा स्थानीय नेपाली भाषाका साहित्यकार बैकुण्ठ आचार्यद्वारा रचयित कविता संग्रह ‘न्यास्रो जन्मभूमिको’ को समिक्षा समेत गरिएको छ । नेपाली भाषामा कलम चलाउने साहित्यकार, स्थानीय समुदायको बाक्लो उपस्थितीबीच आचार्यको नयाँ कृतिको समिक्षा गरिएको हो । साहित्यकारहरुले आचार्यको नयाँ कृतिले नेपाली भाषा, वाङमयमा नयाँ खुड्किलो थपेको उल्लेख गरे । साहित्यकारहरुले आचार्यको कवितामा जन्मभूमिबाट टाढा हुँदाका भावहरु, जन्मभूमिका वेथिति, विगतका सम्झनाहरु समेटिएका छन् । श्रष्टा साँझले प्रकाशन गरेको न्यास्रो जन्मभूमिको केही साता अघि काठमाडौंमा विमोचन गरिएको थियो । ड्यालसमा भने आइतबार कृतिका बारेमा समिक्षात्मक कार्यक्रम राखिएको हो । कृतिका बारेमा विश्वराज अधिकारी, राधाकृष्ण काफ्लेले समिक्षा गरेका थिए । त्यस अवसरमा आचार्यले कविता लेखन, कृति प्रकाशनका बारेमा भोगेको अनुभव सुनाएका थिए । सोही अवसरमा दुई साना नानीहरु चाहना खरेल र ओजश्वी अर्यालले कृतिमा प्रकाशित भएका कविताहरुमध्य प्रनिनिधिमुलक कविता वाचन गरेका थिए । श्रष्टा साँझले नेपाली भाषा, साहित्य, कला संस्कृतिको जगेर्नाका लागि ड्यालसमा नियमित रुपमा बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । साभार:हिमालयखबर डटकम

images
प्रकाशित मिति :श्रावण २८, २०७५ सोमवार - १२:०६:५७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend