Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

आधुनिक रामायण (लघुकथा)-जनक कार्की

आधुनिक रामायण (लघुकथा)-जनक कार्की

सतीश चापागाईं

२८, श्रावण २०७५
images
---------------------------------------- राम बहादुर विष्ट वनवास गएको पनि डेढ दशक भैसक्यो। सीता कुमारी विष्टलाई घरमा एक्लै छोडेर वनवास लागेका राम बहादुर विष्ट समस्या र वाध्यतालाई विर्सदै उतै आनन्दित हुन थाले। जब राम बहादुरले नयाँ सीता कुमारी भेटे तपोबन तिरै, खर्चपानी पठाउने काम बाहेक बाकी समय बिर्सदै गए घरकी सीता कुमारीलाई। यता घरमा राम बहादुर ले वास्ता गर्न छाडेपछि सीता कुमारी ले पनि रावण सिंह सँग पिरती गाँसिन्। उनलाई पनि माया गर्ने राम बहादुरको खाँचो त हुने नै भयो। यता रावण सिंहको न लंका छ न त शिंहासन नै। तर सीता कुमारीले राम बहादुरले पठाएको घर खर्च जोहो गरि रावणसिंह लाई घाँटीमा दुई-चार तोला सुनको सिक्री बनाइदिएकि छिन् । यसपाली अलि ठुलै रकम जम्मा गरेर रथ नै नभए पनि रावण सिंहलाई पल्सर किनेर पल्सरमै आफ्नो चिरहरण गराउने सीता कुमारीको योजना थियो। यसपाली सीता कुमारी ले रावण सिंहलाई पल्सर किनिदिइन् आफ्नो चिरहरण पनि रावण सिंह बाट गराइन्। फेसबूकको मेसेन्जरमा राम बहादुरलाई सीता कुमारीको चिरहरण भएको खवर दिएका छिमेकी सँग राम बहादुर खुब हाँसे। कुचोले बडार्नु पर्ने कसिङ्गर हावाले उडायो भनेर। आधुनिक रामायणमा न सीता कुमारीलाई राम बहादुरको चिन्ता र माया छ न त राम बहादुरलाई सीता कुमारीको। रावण सिंहको चरित्रमा पनि परिवर्तन आएको छ।रावण सिंह सीता कुमारी को अपहरणमा परेका छन्।

images
प्रकाशित मिति :श्रावण २८, २०७५ सोमवार - १४:१५:२४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend