Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

लघुकथा : अन्यौल ! - पुष्प आर.जे

लघुकथा : अन्यौल ! - पुष्प आर.जे

सतीश चापागाईं

६, जेठ २०७६
images
  " यतिका बर्ष भयो,, बाउछोराको झगडामा म जहिल्यै बीचमा छु । जे नहुनु भयो, बुहारी जे-जस्तो भए नि तैले मन पराएकी केटी हो बुवालाई म सम्झाउँछु । जसरी नि त लिएर आईज । मर्नु अगाडी बुहारी र नातिको मुख हेर्न मन छ ।" -श्रीमती शर्माले रुदै भनिन् । "अामा गल्ती मेरै हो बुवाको मन दुखाएँ । म दशै भन्दा १ महिना पहिले नै अाउँछु । बुवाको खुट्टा समाई माफ माग्छु, नाति देखेपछि बुवाको रिस कसो शान्त नहोला । फेरि पहिलोपटक बुहारी लिएर अाउदैछु । अामा नाति त हजुरबुबा जस्तै छ ।" ०००००० जुरोपानी चौक, बिहानको ७ बज्दै थियो । चिया नास्ता खाने मान्छेहरुको चहलपहल बढ्दै थियोे । चौकभन्दा अलि अगाडी रात्री बस रोकियो । मान्छेहरु अाँगनी र चौंकबाट उत्सुकतापुर्वक हेर्दै थिए। कोही नजिक अाउदै थिए पुष्पलाई देखेर। गाडीको माथिबाट ह्वीलचियर र झोलाहरु झारियो । अाँगनीमा गाडी रोकिएको अावज सुनेर श्रीमती शर्मा सबै काम छाडी नजिक अाईन् । जहाँ छोरा, नाति र बुहारी थिए । पुष्प निहुरेर अामाको खुट्टा ढोग्यो । संगै शशिले पनि सकी नसकी सासुलाई ढोगिन् । सानो नाति देखेर बिगत सबै भुल्दै श्रीमती शर्माले भित्र लागिन् । ०००००० " ए बूढा छोडी दिनुन अब, दशै लाग्यो । बाउछोराको बोलचाल छैन, बुहारीलाई कस्तो भयो होला ? अाफूलाई कोठामा बन्द गरेर राख्नु भएको छ ! कति रिस राख्नु भएको ?" " म बाउ हैन ? कहाँबाट अपांग भएको केटी र नानी सहित लिएर अायो ? जातपात घराना थाहा छैन ?" श्रीमान् शर्मा जुङ्गा मुसार्दै कड्किए । ००००००० नानी हातमा के के लिएर खेल्दै तोते बोलिमा "बा....बाबा....बाबाबाबाबा..." -भन्दै भित्र छिर्यो । " यसलाई कसले यता पठायो...? " कोही नअाएपछि यता उता हेर्दै छेउमा ल्याए । सानो नानी हजुरबुबाको लामो जुङ्गा देखेर तान्दै काखमा खेल्न थाल्यो । श्रीमान् शर्माको ध्यान बच्चाको हातमा गयो। श्रीमान् शर्मा बरण्डाबाटा चिच्याएक‍ो सुनी सबै भेला भए । " यो फोटो कस्को हो...? कहाँ बाट यहाँ अायो...?" बुहारी डराउँदै छेउमा गएर भनिन् - " उहाँ मेरो अामा, म २ बर्ष हुँदा अपांङ्ग जन्मे भनेर बुवाले छोडेर जानू भएको रे ! अहिले अामा हुनुहुन्न ।" श्रीमान् शर्मा झसङ्ग भए,जागिरको सिलसिलामा सुदुर पश्चिम बस्दा । अाफ्नै कर्मचारी अस्मितासँग माया बसी बिवाह गरी अपाङ्गता जन्मेको भनी छोडेको शशि अाफ्नै सन्तान थिइन् । जो अाज बुहारी बनी अगाडी उभिएकी थिइन् । - जुरोपानी-९ झापा । हाल : साउदी अरब । (पुष्प आर.जे को यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ ६, २०७६ सोमवार - १०:२६:५९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend