Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

न्युयोर्कको टाईम स्क्वायरमा नेपाल भ्रमण बर्ष २०२० -मोहन खनाल

न्युयोर्कको टाईम स्क्वायरमा नेपाल भ्रमण बर्ष २०२० -मोहन खनाल

सतीश चापागाईं

१४, आश्विन २०७६
images
न्युयोर्क ४० औ विश्व पर्यटन दिवसको सुअवसरमा कन्सुलेट जनरल अफ नेपाल, आदिवासी जनजाती महासंघ र ट्राभल ब्यूरो अफ नेपालको आयोजनामा “भिजिट नेपाल २०२०” लाई विशाल प्रचार र प्रसार गर्ने अभियानमा विश्व कै सर्वाधिक पर्यटकीय स्थल न्युयोर्कको टाईम स्क्वायरमा हालै एउटा कार्यक्रमको साक्षात्कार हुने अवसर पाईएको थियो । उक्त कार्यक्रममा संचालिका गर्नु हुने मिस नेपाल युनिभर्स २०१७ कि नग्मा श्रेष्ठ लगायत स्थानीय कलाकारहरु सन्जिता कोईराला, कविना महर्जन, सरिना महर्जन, प्रेम गोपाल महर्जन साथै न्हुच्छे डंगोल र गोपाल महर्जनले नेपालको सॉस्कृतिक झल्काउने विभिन्न नृत्य, बाजा र लाखे नाच प्रस्तुत गर्नु भएको थियो भने स्थानीय न्युयोर्क र न्युजर्सी आसपास बस्नु हुने नेपाली दाजुभाई तथा दिदीबहिनीको पनि उपस्थिती थियो । हुनत विगतमा पनि नेपाल भ्रमण बर्ष भनेर दुई पल्ट नमनाईएको त होईन तर यस्का निम्ती सरकारले गरेको लगानी र त्यस्को उपलब्धी के कस्तो रह्यो ? यस्को लेखाजोखा कसरी गरिएको छ ? भन्ने कुराले यस बर्षको पर्यटन भ्रमण बर्ष सार्थक रहनेछ । मैले यस अघि पोष्ट गरेको कुरा फेरी दोहोर्याउनु पर्दा बिस लाख पर्यटक भित्रयाउने खेलमा बरु कसरी बिस लाख कमाउने हो भन्ने षड्यन्त्र चैं नगरीए हुन्थ्यो भन्ने कुराले महत्व राख्दछ । म त भन्छु नेपालका लागी पर्यटक सात समुद्र पारी खोज्नुभन्दा पनि हाम्रा छिमेकी दुई मुलुकका पर्यटकहरु धार्मिक शहिष्णुता अन्तर्गत गौतम बुद्ध जन्मस्थल लुम्बिनी, बौद्ध स्तूप, स्यम्भुनाथ, पशुपतीनाथ, जानकी मन्दीर, पर्यटकिय शहर पोखरा र मुक्तीक्षेत्रको मात्र प्रचार र प्रसार गर्न सके पर्यटक थामी नसक्नु हुनेछन् । युरोप रअष्ट्रेलियाबाट १० घण्टा र अमेरिका क्यानाडाबाट २५ घण्टा हवाईजहाज़ फेरी फेरी यात्रा गरी नेपाल घुम्न आउने जबरजस्त पर्यटकहरुले खेप्नु पर्ने सास्ती र नेपालको विविध अस्तव्यस्ताले पर्यटक एक पल्ट पुगे पनि अर्कों पल्ट पुग्छ पुग्दैन प्रश्न यहॉ नेर खड़ा छ । हामीले दैनिक देखेको र भोगेको पर्यटकहरु प्रति गरिने व्यवहारलाई संझेर म यहॉ मन अमिलो पारेर खिन्न पार्न खोजेको होईन तर यो यथार्थ हामीले स्वीकार्नै पर्दछ । मैले विगतमा सुझाएका र कहिल्यै नेपाल नपुगेका एक अमेरिकी नागरिकलाई नेपालबाट फर्के पछिको उनले सुनाएको परिदृश्य एउटा नेपाली भएको नाताले नतमस्तक भएको कुरा आज आफैंलाई संस्मरण गर्दछु । थाह छैन ! न्युयोर्कको टाइम्स स्कवायरमा भएको यो प्रदर्शनीले अमेरिकाबाट नेपाल भ्रमण बर्ष २०२० मा के कति पर्यटक तान्न सक्यो वा सकेन तर यो कार्यक्रमको समाचारले मात्र दिल्ली -मुम्बई अनि पेकिड० र शँघाईमा वज़नदार सन्देश चैं दिन सकेको छ भन्ने मैले ठानेको छु । भ्रमण बर्ष २०२० को सन्दर्भमा नेपाल सरकार र यस्मा आबद्द विभिन्न सामाजिक संघ संस्था, व्यक्ति विशेषहरुले एक आपसमा समन्वय गरी उपलब्धीमुलक योजना र कार्यक्रम गरी सम्पन्न गर्न सकेको खण्डमा यो नाराको सार्थकता ठहरिने छ । अस्तु !

images
प्रकाशित मिति :आश्विन १४, २०७६ मंगलवार - ०९:४६:१६ बजे

सतीश चापागाईं

सम्बन्धित समाचार
साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन तथा समीक्षा कार्यक्रम सम्पन्न    पाल्पा, जेठ ३१ ।  साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन तथा समीक्षा कार्यक्रम आइतबार नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरुषोत्तम खनाल र प्रा. डा. लेखनाथ आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी रहनु भएको थियो ।   कार्यक्रममा प्रमुख अतिथि नारायणप्रसाद शर्मा, विशिष्ट अतिथिहरू तथा अन्य अतिथिहरूले संयुक्त रूपमा कृतिको विमोचन गर्नु भएको थियो । कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेको कृतिको समीक्षा साहित्यकार पदमप्रसाद शर्माले प्रस्तुत गर्नु भएको थियो ।   कृतिको समीक्षा गर्दै साहित्यकार पदमप्रसाद शर्माले ‘मनका उद्गार’ केवल एउटा पुस्तक मात्र नभई लेखकको जीवनभोगाइ, पारिवारिक इतिहास, वंशपरम्परा, सामाजिक अनुभव र भावनात्मक अभिव्यक्तिको दस्तावेज भएको बताउनु भयो । उनले पुस्तकको शीर्षकदेखि संरचना, आवरण र विषयवस्तुसम्मले पाठकलाई आकर्षित गर्ने उल्लेख गर्दै यस कृतिले लेखकको मनभित्रका अनुभूति, स्मृति र जीवनदर्शनलाई शब्दमार्फत अभिव्यक्त गरेको धारणा राख्नु भयो ।   उहाँले कृति दुई खण्डमा विभाजित रहेको जानकारी दिँदै पहिलो खण्डमा धौलु वंशको इतिहास, पिता बलभद्र उपाध्यायको जीवनी, मावली पक्षको परिचय तथा वंशवृक्षसम्बन्धी सामग्री समेटिएको बताउनु भयो । दोस्रो खण्डमा समावेश २५ वटा कविताले पारिवारिक मूल्य, मातृभूमिप्रेम, प्रकृतिप्रेम, शिक्षा, राष्ट्रियता, स्वाभिमान, सामाजिक उत्तरदायित्व तथा मानवीय संवेदनाका विविध पक्षहरू उजागर गरेको उहाँको भनाइ थियो ।   समीक्षक शर्माले लेखक माधवप्रसाद न्यौपानेलाई कर्मशील, निष्ठावान, साहसी र समाजप्रति उत्तरदायी व्यक्तित्वका रूपमा चित्रण गर्दै शिक्षण, सामाजिक आन्दोलन तथा राजनीतिक चेतनाको क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको समेत चर्चा गर्नु भयो । उहाँले पुस्तकलाई लेखकको मात्र नभई समग्र परिवार, आफन्तजन तथा लेखकलाई चिन्ने सबै व्यक्तिहरूको साझा अनुभूति र भावनाको अभिलेखका रूपमा व्याख्या गर्नु भयो ।   कार्यक्रममा आफ्नो धारणा राख्दै कृतिकार माधवप्रसाद न्यौपानेले पुस्तक प्रकाशनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, प्रेरणा र हौसला प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्नु भयो । उहाँले आफ्ना दिवंगत पिता–माताप्रतिको श्रद्धा, सम्मान र भावनात्मक सम्बन्ध नै पुस्तक लेखनको मुख्य प्रेरणा बनेको बताउनु भयो ।   उहाँले साहित्य, भाषा र संस्कृतिको महत्त्वबारे चर्चा गर्दै शिक्षा, ज्ञान, अध्ययन, चिन्तन र विश्लेषणबाट मात्रै व्यक्तिको बौद्धिक तथा नैतिक विकास सम्भव हुने धारणा व्यक्त गर्नु भयो । आफ्नो जीवनका अनुभव, पारिवारिक इतिहास, सामाजिक गतिविधि तथा मनका भावनालाई समेटेर कृति तयार गरिएको उल्लेख गर्दै पुस्तकलाई आफ्ना पिता–माताप्रति समर्पित गरेको बताउनु भयो ।   प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले पूर्वीय सभ्यताको मूल आधार नै पुर्खा, परिवार र संस्कृतिप्रतिको सम्मान भएको उल्लेख गर्दै ‘मनका उद्गार’ ले त्यसै मूल्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताउनु भयो । उहाँले भौतिक विकाससँगै मानवीय मूल्य, नैतिकता र पारिवारिक सम्बन्धलाई जोगाउनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कृतिहरूले समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने विश्वास व्यक्त गर्नु भयो ।   उहाँले माधवप्रसाद न्यौपानेले आफ्नो परिवार, समाज, शिक्षण पेशा, सामाजिक योगदान र जीवनका विविध पक्षलाई समेटेर नयाँ पुस्तालाई प्रेरणा दिने काम गरेको बताउनु भयो । परम्परागत मूल्य र आधुनिक सोचको सन्तुलन कायम गर्दै उन्नत समाज निर्माणमा साहित्यको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो ।   कार्यक्रमका सभाध्यक्ष तथा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीले परिषद्ले नियमित रूपमा एकल रचना वाचन, कृति विमोचन, पुस्तक समीक्षा, छन्द संरक्षण तथा विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनु भयो । साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्ने, नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने तथा साहित्यिक वातावरण सुदृढ बनाउने उद्देश्यका साथ परिषद् निरन्तर सक्रिय रहेको उहाँले बताउनु भयो ।   कार्यक्रममा साहित्यकार, पत्रकार, शिक्षक, समाजसेवी, लेखकका आफन्तजन तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।    राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन परिषद्की कोषाध्यक्ष सुशिला आचार्यले गर्नुभएको थियो ।

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend