Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

नेपाल-चीन ‘हाइ-प्रोफाइल’ भ्रमणको इतिहास

नेपाल-चीन ‘हाइ-प्रोफाइल’ भ्रमणको इतिहास

सतीश चापागाईं

२४, आश्विन २०७६
images
  फाइल तस्बिर काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आइ पुग्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुन लागेको यो भ्रमणलाई निकै महत्वपूर्ण रुपमा लिइएको पाइएको छ । १ अगस्ट १९५५ मा दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको हो । चीन र नेपालबीच अहिले सम्म गरिएका उच्चस्तरका भ्रमणमा नेपालकातर्फबाट बढी भ्रमण भएको पाइएको छ । परराष्ट्र मन्त्रालयबाट प्राप्त सूची अनुसार नेपालको तर्फबाट अहिलेसम्म चीनको भ्रमणमा जानेमा राष्ट्र र सरकार प्रमुखको मात्रै हिसाब गर्दा निम्न अनुसार पाइएको छ : नेपालबाट १९५६ मा प्रधानमन्त्री टंकप्रसाद आचार्य, १९६० मा विशेश्वरप्रसाद (बीपी) कोइराला, १९६१ मा राजा महेन्द्र, १९७२ र १९७८ मा प्रधानमन्त्री कीर्तिनिधि बिष्ट, १९७३, १९८२, १९८७, १९९३, १९९६ र २००१मा राजा विरेन्द्र, १९९२ र १९९३ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, १९९५ मा प्रधानमन्त्री मनमोहन अधिकारी, १९९६ मा प्रधानमन्त्री शेरबहादुर देउवा, २००२ र २००५ मा तत्कालीन राजा ज्ञानेन्द्र, २००८ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड (ओलम्पिकको क्लोजिङ्ग कार्यक्रममा र अक्टोबर २०१६ मा सी जिनपिङ्गसँग ब्रिक्स समिटका क्रममा गोवामा भेटघाट, त्यसैगरी बोआओ फोरम फर एशियाको बैटकमा मार्च २०१७मा राष्ट्रपति सी सँग भेटघाट) २००९मा प्रधानमन्त्री माधव नेपाल, २०१४ मा प्रधानमन्त्री सुशिल कोइराला (सेकेण्ड चाइना साउथ एशिया एक्सपोजिसनमा र अप्रिल २०१५मा अफ्रो एशियाली समिटमा जकार्तामा अहिलेका चिनियाँ राष्ट्रपतिसँग भेटघाट), २०१० र २०१५ मा राष्ट्रपति रामवरण यादव, २०१६ मा प्रधानमन्त्री केपीशर्मा ओली, जुन २०१८ मा प्रधानमन्त्री केपी ओली र अप्रिल २०१९ मा राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमण गरेका थिए । चीनबाट चीनको तर्फबाट १९५७ र १९६० मा प्रधानमन्त्री चाउ एनलाई, १९७८ मा देङ्ग स्याओपिङ्ग (शक्तिशाली उपप्रधानमन्त्रीको हैसियतमा), १९८१ मा प्रधानमन्त्री झोउ जियाङ्ग, १९८४ मा राष्ट्रपति ली सियानियान, १९८९ मा प्रधानमन्त्री ली पेङ्ग, १९९६ मा राष्ट्रपति जियाङ्ग जेमिन, २००१ मा प्रधानमन्त्री झू रोङ्गजी र २०१२ मा प्रधानमन्त्री वेन जियाबाआले नेपाल भ्रमण गरेका थिए ।

images
प्रकाशित मिति :आश्विन २४, २०७६ शुक्रवार - १०:१६:०६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend