चीनका राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणका लागि शनिबार काठमाडौं आउँदैछन्। चीनबाट २३ वर्षपछि हुन लागेको राष्ट्रप्रमुखस्तरीय भ्रमणलाई नेपालले उच्च प्राथमिकता दिँदै स्वागतको भव्य तयारी गरेको छ। सी नेपाल आउने भएपछि सरकारले दसैंको चटारोमा धमाधम सडक मर्मत तथा सजावट गर्यो। मजदुरहरू अबेर रातिसम्म काम गरेर भए पनि काम सकाउन हतार गरिरहेका छन्। सडक छेउछाउको फोहोर छोप्न नेपालीपन झल्काउने फ्लेक्स राखिएको छ भने तीनकुनेको खाली भागको बाहिरी घेरामा बिरूवाहरू रोपेर हरियाली बनाउने काम पनि भएको छ। सडकका खम्बाहरूमा सी र राष्ट्रपति विद्यादेवी भण्डारीका फोटाहरू टाँगिएका छन्। सीको रूटमा पर्ने सबै बाटो मर्मत गरेर चिल्लो बनाइएको छ भने पुलहरू रंगाएर चिटिक्क पारिएको छ। साथै हरियाली देखाउने अस्थायी रूपमा बिरूवाहरू रोपिएको र गमलाहरू सजाइएको छ। सी हिँड्ने रूट अहिलेसम्मै नभएको सिनित्त छ। समाचार/ तस्बिर: सेतोपाटीबाट हेर्नुहोस् तस्बिरहरूः