Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

प्रधानमन्त्री ओलीलाई जनसम्पर्क समिति जापानको ९ बुँदे ज्ञापनपत्र

प्रधानमन्त्री ओलीलाई जनसम्पर्क समिति जापानको ९ बुँदे ज्ञापनपत्र

सतीश चापागाईं

२४, आश्विन २०७६
images
  जापान ।जापानमा बस्ने नेपालीहरुले वर्तमान सरकार असफल भएको आरोप लगाएका छन् । नेपाली जनसम्पर्क समिति जापानले विभिन्न ९ बुँदे माग राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएपछि यसो भन्न थलिएको छ । नेपाली दूतावास जापानमार्फत जनसम्पर्क समितिले राजनैतिक स्थिरताको लागी विगतका दिनहरुमा अल्पमत बहुमत र मिलिजुली सरकारको अभ्यासबाट आजित नेपाली जनताले जनताको जीवनस्तर बलियो बनाउन आमनागरिकको सुरक्षाको प्रत्याभूति दिलाउन ओली सरकार पूर्णरुपमा विफल भएको समेत जनाएको छ । समृद्ध नेपाल र सुखी नेपाली बनाउन दुई तिहाईको सरकारको अवसर नेपाल कम्युनिस्ट पार्टीलाई दिएको बर्तमान अबस्थामा देश झनझन गरिबी, भ्रस्टाचार हत्याहिंसा र बलात्कारबाट आक्रान्त भइरहेको भन्दै यसको निन्दासमेत गरेको छ । समितिले देशमा भैरहेको वेथिती प्रति नेपाली जनसम्पर्क समिति जापानको ध्यानर्कषण भएको भन्दै बढदै गएको भ्रष्टाचार, बेरोजगारी, महंगी, अन्याय अत्याचार प्रति समिति घोर निन्दा गर्दै समिति निम्नानुसारको माग नेपाल सरकार समक्ष पेश गरेको छ । नेपाली जनसम्पर्क समिति जापानका सभापति लालबहादुर केसी (रोशन) ले बुझाएको ज्ञापनपत्रमा काँग्रेस सभापति शेरबहादुर देउवालाई पनि बोधार्थ दिइएको छ । नौ मागहरु – १.  निर्मला पन्त हत्या कान्डको बारेमा तत्काल छानबिन गरि दोषी पत्ता लगाई आवश्यक कानुनी कार्बाही र पीडित पक्षलाई क्षतिपूर्तिको ब्यबस्था गर्न माग गर्दछ । २.  चर्चित सुन कान्डका अभियुक्तहरुलाई सरकारले नियोजित रुपमा संरक्षण दिएको प्रष्ट हुँदै आएको छ। त्यसैले सुनकाण्डका अभियुक्त माथि तत्काल कार्यवाहीको माग गर्दछ । ३.  चिकित्सा बिधेयकका संवन्धमा गोबिन्द केसीको मागलाई तत्तकाल सम्वोधन गर्न माग गर्दछ । ४.  देशमा भएको बिभिन्न भ्रष्टचार लगायत वाइडबडी खरिद प्रकरणमा भएको भ्रष्टचारको न्यायिक छानविन गरि दोषी माथि कार्यवाहीको माग गर्दछ । ५.  प्रमुख प्रतिपक्षी दलको नेता नेपाली कांग्रेसका सभापति आदरणीय शेर बहादुर देउवाको अनुपस्थितमा संबैधानिक परिषदले गरेका सम्पूर्ण निर्णय तत्काल खारेजीको लागि माग गर्दछ । ६.  नेपाली कांग्रेसका नेताद्वय गिरीजा प्रसाद कोइराला र शुशिल कोइरालाको नाममा स्थापना भएको अस्पतालहरुलाई तत्काल संघको माताहामा ल्याएर थप सुधार गर्दै लैजान यो समिति जोडदार माग गर्दछ । ७.  विदेशमा रहेका नेपालीहरुको लागि आगामी निर्वाचनमा मतदानमा सहभागि गराउन सर्वोच्च अदालतले दिएको आदेशलाई तत्तकाल कार्यान्वयन गरि निर्वाचनमा विदेशबाटै मतदान गर्ने व्यवस्थाको ग्यारेन्टीको लागि माग गर्दछ । ८.  नेपालको बर्तमान संबिधान निर्माण र घोषणा संगै संबिधानमा देखिएका केही अन्तर बिषयको संबन्धमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले संबिधान जारी गर्दै गर्दा संसोधनको बिषय समेत संबोधन भएकोमा नेपालको लोकतान्त्रिक गणतान्त्रिक संघीय संबिधान लाई संसोधन मार्फत सबैको स्विकार्य बनाउन समेत जोडदार माग गर्दछौ । ९.  शान्तिपूर्ण जुलूसमाथि प्रहरी धरपकड गरी पक्राउ गरिएका नेबिसंघका नेताहरुलाई बिनाशर्त अबिलम्ब रिहा पनि यो समिति माग गर्दछ ।

images
प्रकाशित मिति :आश्विन २४, २०७६ शुक्रवार - १९:१९:३४ बजे

सतीश चापागाईं

सम्बन्धित समाचार
साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन तथा समीक्षा कार्यक्रम सम्पन्न    पाल्पा, जेठ ३१ ।  साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन तथा समीक्षा कार्यक्रम आइतबार नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरुषोत्तम खनाल र प्रा. डा. लेखनाथ आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी रहनु भएको थियो ।   कार्यक्रममा प्रमुख अतिथि नारायणप्रसाद शर्मा, विशिष्ट अतिथिहरू तथा अन्य अतिथिहरूले संयुक्त रूपमा कृतिको विमोचन गर्नु भएको थियो । कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेको कृतिको समीक्षा साहित्यकार पदमप्रसाद शर्माले प्रस्तुत गर्नु भएको थियो ।   कृतिको समीक्षा गर्दै साहित्यकार पदमप्रसाद शर्माले ‘मनका उद्गार’ केवल एउटा पुस्तक मात्र नभई लेखकको जीवनभोगाइ, पारिवारिक इतिहास, वंशपरम्परा, सामाजिक अनुभव र भावनात्मक अभिव्यक्तिको दस्तावेज भएको बताउनु भयो । उनले पुस्तकको शीर्षकदेखि संरचना, आवरण र विषयवस्तुसम्मले पाठकलाई आकर्षित गर्ने उल्लेख गर्दै यस कृतिले लेखकको मनभित्रका अनुभूति, स्मृति र जीवनदर्शनलाई शब्दमार्फत अभिव्यक्त गरेको धारणा राख्नु भयो ।   उहाँले कृति दुई खण्डमा विभाजित रहेको जानकारी दिँदै पहिलो खण्डमा धौलु वंशको इतिहास, पिता बलभद्र उपाध्यायको जीवनी, मावली पक्षको परिचय तथा वंशवृक्षसम्बन्धी सामग्री समेटिएको बताउनु भयो । दोस्रो खण्डमा समावेश २५ वटा कविताले पारिवारिक मूल्य, मातृभूमिप्रेम, प्रकृतिप्रेम, शिक्षा, राष्ट्रियता, स्वाभिमान, सामाजिक उत्तरदायित्व तथा मानवीय संवेदनाका विविध पक्षहरू उजागर गरेको उहाँको भनाइ थियो ।   समीक्षक शर्माले लेखक माधवप्रसाद न्यौपानेलाई कर्मशील, निष्ठावान, साहसी र समाजप्रति उत्तरदायी व्यक्तित्वका रूपमा चित्रण गर्दै शिक्षण, सामाजिक आन्दोलन तथा राजनीतिक चेतनाको क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको समेत चर्चा गर्नु भयो । उहाँले पुस्तकलाई लेखकको मात्र नभई समग्र परिवार, आफन्तजन तथा लेखकलाई चिन्ने सबै व्यक्तिहरूको साझा अनुभूति र भावनाको अभिलेखका रूपमा व्याख्या गर्नु भयो ।   कार्यक्रममा आफ्नो धारणा राख्दै कृतिकार माधवप्रसाद न्यौपानेले पुस्तक प्रकाशनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, प्रेरणा र हौसला प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्नु भयो । उहाँले आफ्ना दिवंगत पिता–माताप्रतिको श्रद्धा, सम्मान र भावनात्मक सम्बन्ध नै पुस्तक लेखनको मुख्य प्रेरणा बनेको बताउनु भयो ।   उहाँले साहित्य, भाषा र संस्कृतिको महत्त्वबारे चर्चा गर्दै शिक्षा, ज्ञान, अध्ययन, चिन्तन र विश्लेषणबाट मात्रै व्यक्तिको बौद्धिक तथा नैतिक विकास सम्भव हुने धारणा व्यक्त गर्नु भयो । आफ्नो जीवनका अनुभव, पारिवारिक इतिहास, सामाजिक गतिविधि तथा मनका भावनालाई समेटेर कृति तयार गरिएको उल्लेख गर्दै पुस्तकलाई आफ्ना पिता–माताप्रति समर्पित गरेको बताउनु भयो ।   प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले पूर्वीय सभ्यताको मूल आधार नै पुर्खा, परिवार र संस्कृतिप्रतिको सम्मान भएको उल्लेख गर्दै ‘मनका उद्गार’ ले त्यसै मूल्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताउनु भयो । उहाँले भौतिक विकाससँगै मानवीय मूल्य, नैतिकता र पारिवारिक सम्बन्धलाई जोगाउनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कृतिहरूले समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने विश्वास व्यक्त गर्नु भयो ।   उहाँले माधवप्रसाद न्यौपानेले आफ्नो परिवार, समाज, शिक्षण पेशा, सामाजिक योगदान र जीवनका विविध पक्षलाई समेटेर नयाँ पुस्तालाई प्रेरणा दिने काम गरेको बताउनु भयो । परम्परागत मूल्य र आधुनिक सोचको सन्तुलन कायम गर्दै उन्नत समाज निर्माणमा साहित्यको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो ।   कार्यक्रमका सभाध्यक्ष तथा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीले परिषद्ले नियमित रूपमा एकल रचना वाचन, कृति विमोचन, पुस्तक समीक्षा, छन्द संरक्षण तथा विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनु भयो । साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्ने, नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने तथा साहित्यिक वातावरण सुदृढ बनाउने उद्देश्यका साथ परिषद् निरन्तर सक्रिय रहेको उहाँले बताउनु भयो ।   कार्यक्रममा साहित्यकार, पत्रकार, शिक्षक, समाजसेवी, लेखकका आफन्तजन तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।    राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन परिषद्की कोषाध्यक्ष सुशिला आचार्यले गर्नुभएको थियो ।

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend