शुक्रबार, २९ कार्तिक २०७६
Fri, 2019-11-15
Open Nav

एनआरएनएको महासचिव पदमा डाक्टर केशव पौडेलको औपचारिक घोषणा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
२६ आश्विन २०७६, आईतवार एनआरएनएको महासचिव पदमा डाक्टर केशव पौडेलको औपचारिक घोषणा
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को महासचिवमा डा केशव पौडेलले उम्मेदवारी औपचारिक घोषणा गरेका छन् । आइतवार राजधानीको होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गरेर डा पौडेलले महासचिवमा उम्मेदवारी घोषणा गरेका हुन् ।

पौडेल एनआरएन अमेरिकामा दुई कार्यकाल अध्यक्ष रहिसकेका ब्यक्ति हुन् । घोषणा सभामा डा पौडेलले एनआरएन अमेरिकालाई संस्थागत रुपमा माथि उठाउदै आउने क्रममा आइसिसिको संस्थागत हितको लागि महासचिव पदमा उम्मेद्वारी दिएको बताए ।

बिभिन्न देशका प्रतिनिधिहरु र संचारकर्मीहरुको भब्य उपस्थितिमा पौडेलले भने, “कर्मभूमिमा पनि हामीले आफ्नो अस्तित्व खोज्नुपर्छ भनेर हामीले हाम्रा साथीहरूलाई उभ्याउनुपर्छ । हाम्रो हकअधिकार खोज्न कर्मभूमिमा पनि मेनस्ट्रिममा जानुपर्छ ।”

सचिवालयलाई चुस्त बनाउने प्रतिबद्धतासमेत जनाएका पौडेलले भने, “हामी प्रेसिडेन्टियल सिस्टममा छौ । म अध्यक्षलाई सघाएर अघि बढ्छु । मेरा पनि भिजन छन् । एनआरएन मुभमेन्टका कमजोरीलाई कम गर्न मेरा केही प्रतिबद्धता छन् । सचिवालयको सुदृढीकरण र व्यवस्थापन गर्छु । अनावश्यक कर्मचारी राखिएका छन् । भद्दा खर्च भएका छन् । खर्च कम, काम धेरै गर्ने काममा म अघि बढ्नेछु ।”

उनले भने, “म विदेशमा बस्ने ७० लाख नेपालीको भावनाअनुसार काम गर्नेछु ।

यो पनि पढ्नुहोस :   अनेसासको नव निर्वाचित बोर्ड अफ ट्रष्टीजलाई सपथ ग्रहण गराईयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य