Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

युक्रा अमेरिकाद्धारा लोकसेवा आयोगका पूर्वअध्यक्ष स्वर्गीय सन्त बहादुरप्रति श्रद्धान्जली

युक्रा अमेरिकाद्धारा लोकसेवा आयोगका पूर्वअध्यक्ष स्वर्गीय सन्त बहादुरप्रति श्रद्धान्जली

सतीश चापागाईं

२६, आश्विन २०७६
images
अमेरिका । युनाईटेड किराँत राई अर्गनाइजेशन अमेरिकाले लोकसेवा आयोगका पूर्वअध्यक्ष तथा समाजसेवी स्वर्गीय सन्त बहादुर राईको सम्झनामा न्युयोर्कमा श्रद्धान्जली सभा कार्यक्रमको आयोजना गरेको छ । न्युयोर्कस्थित घ्याल सुम्दो सेवा संस्था कार्यालयमा अक्टोबर ६ मा आयोजना गरिएको उक्त श्रद्धान्जलिसभा कार्यक्रममा अर्गनाइजेशनकी केन्द्रीय शभापति मुना राईको अध्यक्षता, संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधि तथा राजदूत अमृत राईको प्रमुख आतिथ्यता, पूर्वराजदूत नवल किशोर राईको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सभापति राईले अमेरिकामा रहेका अर्गनाइजेशनका च्याप्टरका सभापति तथा सल्लाहकारहरुले पठाएको समवेदना पत्र वाचन गरेकी थिइन् । उनले श्रद्धान्जलि कार्यक्रम राई भएर नभइ इमान्दार राष्ट्रसेवक तथा समाजसेवी भएको कारणले स्वर्गीय सन्त बहादुर राईको सम्झनामा श्रद्धान्जलिसभाको आयोजना गरिएको बताएकी थिइन् । उनले फोहोर राजनीति गर्नुभन्दा पनि कसरी भावि पुस्तालाई अगाडि बढाउन सकिन्छ भन्ने सोच्नुपर्ने कुरा राख्दै उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गरेकी थिइन् । सोहि अवसरमा प्रमुख अतिथि तथा राजदूत अमृत बहादुर राईले स्वर्गीय सन्त बहादुर राई निष्ठाको सतिशाल भएको बताउँदै शिक्षाले मात्र मानिस अगाडी बढ्न सक्ने बताए । उनले राई समुदायका मानिसहरुले विभिन्न अवसरहरुलाई कसरी आफ्नो पक्षमा ल्याउने भनेर त्यसतर्फ काम गरेमा मात्र स्वर्गीय राईप्रति सच्चा श्रद्धान्जलि हुने बताए । राजदूत राईले दोश्रो पुस्तालाई सँगै राखेर सन्त बहादुर राईको योगदानको बारेमा चर्चा गर्नुपर्ने बताउँदै स्वर्गीय राईले समुदाय भन्दा माथि उठेर देशकै लागि योगदान गरेको स्मरण गर्दै राईले कसरी एकपछि अर्को क्षितिज पछ्याउँदै गएका थिए भन्ने बारेमा नयाँपुस्ताबीच चर्चा गर्न जरुरी रहेको बताएका थिए । त्यस्तै पूर्वराजदूत डा.नोवेल किशोर राईले स्वर्गीय राईले तेह्रथुममा पिडीओ रहेका बेला हेलिकप्टरबाट खसाईएको चामल आफैले बोकेर लगेका स्मरण गरेका थिए । हाकिम रहेका राईले आफैले चामल बोकेपछि अन्य कर्मचारीले पनि बोकेर एक हवाइजहाजको चामल तेह्रथुम बजारको गोदाममा आइपुगेको स्मरण गर्दै अफिसर, सहसचिव, उपसचिवपछि महानिर्देशक हुँदामात्र उनले काठमाण्डौंमा घर बनाएको उक्त पैसा बुवाबाट मगाएको बताउँदै नेपाल सरकारको फस्ट क्लास अफिसरले घरबाट पैसा मगाएर घर बनाएको स्मरण गरेका थिए । दुईपटक सचिव तथा दुईपटक लोकसेवा आयोगको अध्यक्ष समेत बनेका स्वर्गीय राई समुदायबाट पहिलो सचिव र अध्यक्ष भएको बताए । त्यस्तै एनआरएनए अमेरिकाका क्षेत्रिय उपसंयोजक तथा विशेष अतिथि नविन शेरचनले स्वर्गीय राईको गुणगान जति नै गरेपनि कम हुने बताउँदै नेपालको राष्ट्रसेवकमा हुनुपर्ने गुण सबै भएको कुरा राख्दै श्रद्धान्जलि कार्यक्रम गरेर मात्र नभएर उनको त्याग, निष्ठा, इमान्दारितालाई सबैले आफ्नो जीवनमा लागु गर्न सकेमा मात्र स्वर्गीय राईप्रति सच्चा श्रद्धान्जलि हुने बताएका थिए । सोहि अवसरमा नेपाली समाज अमेरिकाका केन्द्रीय अध्यक्ष समिर मर्हजनले स्वर्गीय राई सम्पूर्ण जनजाति मात्र नभएर देशले नै गर्व गर्ने व्यक्तित्व रहेको बताउँदै स्वर्गीय राईका बारेको जीवनीका बारेमा अझै धेरै कुरा बुझ्न जरुरी रहेको बताएका थिए । त्यस्तै एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष, फिप्नाका सल्लाहकार, युनाइटेड किरात राई अर्गनाइजेशनका पुर्व अध्यक्ष तथा हालका केन्द्रीय सल्लाहकार तथा स्वर्गीय सन्त बहादुर राईका ज्वाँइ मिलन राईले स्व। राईका बारेमा आफ्ना भनाई राखेका थिए भने तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका केन्द्रीय सभापति ल्याकान लामाले निजमति सेवामा प्रवेश गरेर प्रमुख आयुक्त समेत बनेका राईले देश तथा समाजका लागि गरेको योगदानको सम्मान तथा कदर गर्न सकेमा भावी पुस्ताका लागि उदाहरण बन्न सक्ने बताएका थिए । श्रद्धान्जलि सभामा प्रवासी एकता समाजका प्रतिनिधि राधाकृष्ण देउजाले स्वर्गीय राईलाई आफूले जाति जनजातिका रुपमा जोड्न नचाहेको बताउँदै नेपालकै निजामति क्षेत्रकै एक हस्तिको रुपमा सम्झिएको बताए । उनले राईबाट सिक्नुपर्ने कुराहरु धेरै रहेको बताउँदै उनको योगदानबाट धेरै कुरा सिक्नुपर्ने बताएका थिए । देउजाले योग्यता र क्षमता भएका व्यक्तिले राज्यका हरेक क्षेत्रमा अवसर पाउनुपर्ने कुरा बताएका थिए । जनसम्पर्क समितिका सचिव भोजराज थोकरले स्वर्गीय राई नेपालको निजामति सेवामा अब्बल र इमान्दार तथा असल कर्मचारी रहेर नेपाल र नेपालीका लागि अमिट छाप छोडेर गएको बताए । राई निजामति सेवामा काम गर्ने कर्मचारीहरुले जिम्मेवारी कसरी पूरा गर्नुपर्छ भन्ने उदाहरण बनेको बताउँदै उनी कुनैपनि विवाद र नराम्रो काममा फसेको आफूले नसुनेको बताए । त्यस्तै तमु सोसाइटीका अध्यक्ष विजय गुरुङले अर्गनाइजेशनले श्रद्धान्जलिसभा कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । मारिया राईको सञ्चालन रहेको उक्त कार्यक्रमक को संयोजन युक्रा न्युयोर्कका सभापति केशवराम राईले गरेका थिए । स्मरणरहोस् २०१७ सालदेखि बिडीयो पदबाट निजामति सेवामा प्रवेश गरेका राईले पीडियो, जि।प सचिव, रा।प, प्र।जि।अ, उपनिर्देशक, अनुसन्धान अधिकारी, महानिर्देशक, अतिरिक्त सचिव, सचिव सदस्य लोकसेवा आयोग, अध्यक्ष लोकसेवा आयोग ९२०५१० पुन स्अध्यक्ष ९२०५४० रहेका थिए । राईको ८३ वर्षको उमेरमा यहि भदौ २३ गते निधन भएको थियो ।  

images
प्रकाशित मिति :आश्विन २६, २०७६ आइतवार - २३:१२:३४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend