Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

झारा नटार स्थायी पार्क बनाउ

झारा नटार स्थायी पार्क बनाउ

सतीश चापागाईं

२, कार्तिक २०७६
images
नेपालमा महरा काण्डको तापराप केही कम हुदई गयको छ भने चीनिया राष्ट्रपति सी जिन पींगको नेपाल भ्रमणको पूर्ब संध्यामा भ्रमण तयारीले काठमांडूमा व्यापकता पाएको छ। नेपाल सरकार यति बेला काठमांडू को बाटोघटों मर्मत, सरसफ़ाई , रंगरोगन, पार्क निर्माण, प्रवेश द्वार निर्माण जस्ता कार्यमा जुटेको छ। समय छंदा कानमा तेल हालेर निदायझै गरने र जब पर्यो राती तब बूढ़ी ताती भने झै समय मैं कुनै ठोस योजना बनाएर काम गर्नु सक्दैन। हतार हतारमा आखमा छारो हालनु र बजेटबाट कमीशन पचाउन क़तै नक्कलि पहाड़ त कतै नककलि पार्क बनाउनु युद्धरत छ। नेपालको एक मात्र अंतरष्ट्रिया विमानस्थल को प्रवेश द्वार नजिक रहेको तिनकुने को ख़ाली जगगामा स्थाई पार्क बानाऊने भनेर बर्षौ देखी यतिकै ख़ाली खण्डहर को रुपमा छ। कहीले गाड़ी सिकने त कहिले ठूला बस पार्क गर्ने गरेको त्यो ठाऊ भने अहिले धमधम बेहुलि झै सिंगारिदई छ। हाल अहिले उक्त स्थान मा नया रूख बिरुवा रोपने, फूलका बिरुवा हरू रोपने, दूबो रोपने लगायत का काम हरू भैरहेको छ तर त्यो स्थाई प्रकृतिको होईन केबल चिनिया राष्ट्रपति सी जिन पींग को भ्रमण अवधि भर राम्रो देखायर उनको आखोमा छारो हालनु को लागी गरिदई छ। यसले के कुराको स्पष्ट संकेत गरेको छ भने हामी नेपाली र हाम्रो देसको सरकार विकास प्रति कती संवेदनशील छ र बिकास को कुन मॉडल लाई पछ्याऊदई छ भन्ने क़ुरा स्पष्ट पारेको छ। के हामिले यसरी नै हाम्रो देसको विकास गर्न सकछौ? यो प्रवृति अहिले मात्र सीमित होईन, नेपाल मा हुने हरेक अंतरष्ट्रिया कार्यक्रम हरू हुन वा भारतीय प्रधानमंत्री नरेन्द्र मोदी को नेपाल भ्रमण, चाहे त्यो बिमस्टेक सम्मेलन होस या त्यो सार्क सम्मेलन।कहिले टिनको नक्क्ली बार लगायर छोपने काम गरिंछ त कहिले फ़्लेक्स बोर्ड टासेर तेस्क़ो स्वरुप राम्रो देखाइनछ। कहिले समं यसरी नक्कली दूबो अनी बिरुवा रोपेर विदेशी पाहुनाको आखमा छारो हालने प्रयास गरने? यति एउटा टिनकुने मा रहेको ख़ाली ज़ग्गा मा स्थाई संरचनाको पार्क बानाऊने हैसियत पनी नेपाल सरकार ले राखदईन भने नेपाल सरकार बाट अरु के विकास निर्माण को अपेक्षा गर्नु??? हरेक पटक यसरी बालुवा मा पानी खनाए जसरी बजेट मात्र सकने तर ठोस र स्थाई प्रकृतीको संरचना नवनने हो भने यसको कुनै अर्थ हुदैन। हाम्रा नेता महोदय हरू हरेक पटक भाषणमा देसमा विकास निर्माण ले गति लियको छ? बिकासको मूल फूटेंको छ भनेर चर्को भाषण गर्नु हुनछ, तर विकास कुन गतिमा भयको छ भन्ने बुझन को लागी तिनकुने को ख़ाली ज़ग्गा मा निर्माण गरदै गरेको पार्क ले प्रतिबिम्बित गरेको छ। यसै गरी हिजो मैले सामाजिक संजाल पछ्याऊदई गर्दा एउटा भिड़िओ देखेको थिए, जहाँ दशैको मुखमा केबल चिनिया राष्ट्रपति सी जिन पींग को आखामा छारो हालनु र बोक्रे विकास भएको भनदइ सर्वसाधारण जनता लाई बसपार्क बन्द गरी दुःख दिएको भन्दा पुरानो बसपार्क खुलामंचमा टिकट काटनु जम्मा भएको मानिसहरूले सो बार भत्काई भित्र प्रवेश गरेको छन। यसरी सरकारले कहिले दीगो विकासको लक्ष्य पूरागर्नु सक्छ? आज क़रीब तीन दशक पूरा हुदा पनी मेलम्चीको पानी काठमाडू आऊनु सकेको छैन। बिभिन्न राष्ट्रीय गौरव का आयोजन हरू समय मा पूरा हुन सकेका छैनन। यो पंक्तिकारले बिगत केही वर्षदेखी संयुक्त राज्य अमेरिकाको विकासको मोडेल र विकासको अबस्थालाई नजिकबाट हेर्दैगर्दा यहाँ चाहे त्यो राज्य सरकारले होस चाहे त्यो केन्द्र सरकार ले होस ,जून सुकै कुनामा जानुस, यहाँको बाटो घाटों, सार्वजनिक पार्क यस्तो राम्रो बयबस्थपान गरेको छ जून देखेर दंग पर्छु अनि सोचछु आफ़नो देश, आफ़नो देशको सरकार, खोकरो आदर्शबदी नेता जसले आज बर्षौ बितदा पनी एउटा तिनकुनेमा सुन्दर पार्क निर्माण गर्न सक्दैन र लाज पचाऊनु नतमस्तक भयर कुनै बिदेशी पाहुनाको आखामा छारो हालनु सिंगो रूख कुनै ठाऊ बाट उखेलछ र तिनकुनेमा लगेर रोपछ , अनी टैंकर बाट पानी खनौछ र भोली पलट कुनै विदेशी पाहुनाले हेर्दा बर्षौ लगायर रोपेर हुर्केको रूख देख़िदीयोस । यसले एक दिन त तपाईले अर्काको आखामा फूलो पार्न सकनु होला तर तपाइको आखामा बर्षौदेखी पलायको फूलो को सायद कुनै उपचार छैन की? दुर्गा माताले तपाईहरूको आखमा पलायको फूलो हटाऊने सदबुद्धि दिउन, सबैमा शुभकामना।

images
प्रकाशित मिति :कार्तिक २, २०७६ शनिवार - ०२:४८:१३ बजे

सतीश चापागाईं

सम्बन्धित समाचार
साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन तथा समीक्षा कार्यक्रम सम्पन्न    पाल्पा, जेठ ३१ ।  साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन तथा समीक्षा कार्यक्रम आइतबार नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरुषोत्तम खनाल र प्रा. डा. लेखनाथ आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी रहनु भएको थियो ।   कार्यक्रममा प्रमुख अतिथि नारायणप्रसाद शर्मा, विशिष्ट अतिथिहरू तथा अन्य अतिथिहरूले संयुक्त रूपमा कृतिको विमोचन गर्नु भएको थियो । कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेको कृतिको समीक्षा साहित्यकार पदमप्रसाद शर्माले प्रस्तुत गर्नु भएको थियो ।   कृतिको समीक्षा गर्दै साहित्यकार पदमप्रसाद शर्माले ‘मनका उद्गार’ केवल एउटा पुस्तक मात्र नभई लेखकको जीवनभोगाइ, पारिवारिक इतिहास, वंशपरम्परा, सामाजिक अनुभव र भावनात्मक अभिव्यक्तिको दस्तावेज भएको बताउनु भयो । उनले पुस्तकको शीर्षकदेखि संरचना, आवरण र विषयवस्तुसम्मले पाठकलाई आकर्षित गर्ने उल्लेख गर्दै यस कृतिले लेखकको मनभित्रका अनुभूति, स्मृति र जीवनदर्शनलाई शब्दमार्फत अभिव्यक्त गरेको धारणा राख्नु भयो ।   उहाँले कृति दुई खण्डमा विभाजित रहेको जानकारी दिँदै पहिलो खण्डमा धौलु वंशको इतिहास, पिता बलभद्र उपाध्यायको जीवनी, मावली पक्षको परिचय तथा वंशवृक्षसम्बन्धी सामग्री समेटिएको बताउनु भयो । दोस्रो खण्डमा समावेश २५ वटा कविताले पारिवारिक मूल्य, मातृभूमिप्रेम, प्रकृतिप्रेम, शिक्षा, राष्ट्रियता, स्वाभिमान, सामाजिक उत्तरदायित्व तथा मानवीय संवेदनाका विविध पक्षहरू उजागर गरेको उहाँको भनाइ थियो ।   समीक्षक शर्माले लेखक माधवप्रसाद न्यौपानेलाई कर्मशील, निष्ठावान, साहसी र समाजप्रति उत्तरदायी व्यक्तित्वका रूपमा चित्रण गर्दै शिक्षण, सामाजिक आन्दोलन तथा राजनीतिक चेतनाको क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको समेत चर्चा गर्नु भयो । उहाँले पुस्तकलाई लेखकको मात्र नभई समग्र परिवार, आफन्तजन तथा लेखकलाई चिन्ने सबै व्यक्तिहरूको साझा अनुभूति र भावनाको अभिलेखका रूपमा व्याख्या गर्नु भयो ।   कार्यक्रममा आफ्नो धारणा राख्दै कृतिकार माधवप्रसाद न्यौपानेले पुस्तक प्रकाशनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, प्रेरणा र हौसला प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्नु भयो । उहाँले आफ्ना दिवंगत पिता–माताप्रतिको श्रद्धा, सम्मान र भावनात्मक सम्बन्ध नै पुस्तक लेखनको मुख्य प्रेरणा बनेको बताउनु भयो ।   उहाँले साहित्य, भाषा र संस्कृतिको महत्त्वबारे चर्चा गर्दै शिक्षा, ज्ञान, अध्ययन, चिन्तन र विश्लेषणबाट मात्रै व्यक्तिको बौद्धिक तथा नैतिक विकास सम्भव हुने धारणा व्यक्त गर्नु भयो । आफ्नो जीवनका अनुभव, पारिवारिक इतिहास, सामाजिक गतिविधि तथा मनका भावनालाई समेटेर कृति तयार गरिएको उल्लेख गर्दै पुस्तकलाई आफ्ना पिता–माताप्रति समर्पित गरेको बताउनु भयो ।   प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले पूर्वीय सभ्यताको मूल आधार नै पुर्खा, परिवार र संस्कृतिप्रतिको सम्मान भएको उल्लेख गर्दै ‘मनका उद्गार’ ले त्यसै मूल्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताउनु भयो । उहाँले भौतिक विकाससँगै मानवीय मूल्य, नैतिकता र पारिवारिक सम्बन्धलाई जोगाउनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कृतिहरूले समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने विश्वास व्यक्त गर्नु भयो ।   उहाँले माधवप्रसाद न्यौपानेले आफ्नो परिवार, समाज, शिक्षण पेशा, सामाजिक योगदान र जीवनका विविध पक्षलाई समेटेर नयाँ पुस्तालाई प्रेरणा दिने काम गरेको बताउनु भयो । परम्परागत मूल्य र आधुनिक सोचको सन्तुलन कायम गर्दै उन्नत समाज निर्माणमा साहित्यको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो ।   कार्यक्रमका सभाध्यक्ष तथा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीले परिषद्ले नियमित रूपमा एकल रचना वाचन, कृति विमोचन, पुस्तक समीक्षा, छन्द संरक्षण तथा विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनु भयो । साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्ने, नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने तथा साहित्यिक वातावरण सुदृढ बनाउने उद्देश्यका साथ परिषद् निरन्तर सक्रिय रहेको उहाँले बताउनु भयो ।   कार्यक्रममा साहित्यकार, पत्रकार, शिक्षक, समाजसेवी, लेखकका आफन्तजन तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।    राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन परिषद्की कोषाध्यक्ष सुशिला आचार्यले गर्नुभएको थियो ।

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend