Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

काठमाडौंमा सम्पन्न एनआरएनको नवौं सम्मेलनमार्फत १२ बुँदे घोषणापत्र जारी, हेर्नुहोस पूर्णपाठ

काठमाडौंमा सम्पन्न एनआरएनको नवौं सम्मेलनमार्फत १२ बुँदे घोषणापत्र जारी, हेर्नुहोस पूर्णपाठ

सतीश चापागाईं

२, कार्तिक २०७६
images
    काठमाडौं । काठमाडौंमा सम्पन्न गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनमार्फत १२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । घोषणा पत्रमार्फत सामूहिक तथा व्यक्तिगत लगानी गर्नका लागि उपयुक्त वातावरण सिर्जना भएको अवस्थामा नेपालको जलविद्युत, पर्यटन, बैंकिङ्ख, स्वास्थ्य, शिक्षा, आधुनिक कृषि र सूचना तथा सञ्चार प्रविधि लगायतका क्षेत्रहरूमा लगानी गर्न सबै गैरआवासीय नेपालीहरूमा आव्हान पनि गरिएको छ । घोषणापत्रमा पर्यटन वर्ष साथै आर्थिक विकासमा सघाउने उल्लेख छ । वैदेशिक रोजगारलाई सुरक्षित, न्यायपूर्ण, मर्यादित र व्यवस्थित पार्न लागत खर्चमा पारदर्शिता, नियम कानुनको पूर्ण पालना, समस्यामा पर्ने कामदारहरूलाई न्याय, उद्दार र क्षतिपूर्तिका लागि स्वदेश र विदेशमा सेवा दिने न्यायिक संयन्त्र स्थापना तथा परिचालन गर्न संघले नेपाल सरकारसँग सहकार्य गर्ने घोषणा पत्रमा उल्लेख छ । हेर्नुहोस पूर्णपाठ म मेरो एनआरएनए र मेरो नेपाल भन्ने मूल नारा सहित सम्पन्न गैरआवासीय नेपाली विश्व सम्मेलनलाई भब्य रुपमा सफल पार्न आफ्नो उपस्थिति एवं सक्रिय संलग्नता जनाउने सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय परराष्ट्रमन्त्रीज्यू, माननीय अर्थमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरू, महामहिम राजदूतज्यूहरू, कुटनीतिक नियोगका प्रमुखहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकृतज्यूहरू, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षज्यू लगायत व्यवसायिक संघरसंस्थाका अध्यक्षज्यूहरू, विकास साझेदारहरू, गैरआवासीय नेपाली संघका अध्यक्षज्यू, संरक्षक तथा पदाधिकारीज्यूहरू एवं ८० देशका २ हजार ६ सय ५६ जना गैरआवासीय नेपाली प्रतिनिधिहरूमा यो सम्मेलन हार्दिक कृतज्ञता ज्ञापन गर्दछ । साथै विभिन्न राजनीतिक दल, विज्ञहरू, संघरसंस्था, सञ्चारकर्मी, व्यापारिक समुदाय एवं सम्पूर्ण सौजन्यकर्ताप्रति आभार व्यक्त गर्दै यो सम्मेलन निम्न कार्यहरू गर्ने प्रतिबद्धतासहित काठमाडौँ घोषणापत्र जारी गर्दछ । १, यो सम्मेलन तीनै तह ९संघीय, प्रादेशिक र स्थानीय सरकार० को निर्वाचन सम्पन्न भई मुलुकभित्र बलियो र स्थायी सरकार क्रियाशिल भएकोमा खुसी व्यक्त गर्दछ । संविधान कार्यान्वयन भई मुलुक राजनीतिक स्थायित्व प्राप्त गर्दै आर्थिक विकासको दिशातर्फ उन्मुख भएकोले सामूहिक तथा व्यक्तिगत लगानी गर्नका लागि उपयुक्त वातावरण सिर्जना भएको अवस्थामा नेपालको जलविद्युत, पर्यटन, बैंकिङ्ख, स्वास्थ्य, शिक्षा, आधुनिक कृषि र सूचना तथा सञ्चार प्रविधि लगायतका क्षेत्रहरूमा लगानी गर्न यो सम्मेलन सबै गैरआवासीय नेपालीहरूमा हार्दिक आव्हान गर्दछ । २, सन् २०३० सम्म नेपाल सरकारद्वारा निर्धारित सन् २०२२ भित्र नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति गर्ने, संयुक्त राष्ट्र संघले लिएको दिगो विकासका लक्ष्यहरु पूरा गर्ने र मध्यम आय भएको राष्ट्र बन्ने समेत तीनवटा महत्त्वाकांक्षी विकास लक्ष्यहरूसँग सम्बन्धित रणनीतिहरूमा गैरआवासीय नेपालीहरूको महत्त्वपूर्ण भूमिका र योगदान हुन सक्ने जनाउदै उपरोक्त लक्ष्यहरू पुरा गर्न प्रतिबद्धता व्यक्त गर्दछ । ३, विश्वभरका गैरआवासीय नेपालीहरूबाट प्राप्त सहयोगमा भूकम्प प्रभावितहरूको लागि गोरखा जिल्ला, धार्चे गाउँपालिकाको लाप्राकमा निर्माणाधिन एकीकृत नमूना बस्ती परियोजना अन्तर्गत भूकम्प प्रभावितहरूको लागि ५७३ घर निर्माण कार्य सम्पन्न भई बसोवास हुन थालेको छ । यस परियोजनालाई पूर्णता दिन सहयोग गर्ने नेपाल सरकार, नेपाली सेना, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघरसंस्था, स्थानीय बासिन्दा तथा स्वयंसेवकबाट प्राप्त सहयोगका लागि यो सम्मेलन कृतज्ञता ज्ञापन गर्दछ । ४, नेपालको संविधानमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा हालसम्म भएको प्रगति समेतलाई मनन गरी यथाशीघ्र कार्यान्वयनको लागि ऐन निर्माणमा तदारूकताका साथ लागिपर्न नेपाल सरकारलाई यो सम्मेलन अनुरोध गर्दछ । ५, नेपालीहरूको वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेशणले मुलुकको अर्थतन्त्रलाई ठूलो योगदान दिइरहदा वैदेशिक रोजगारलाई सुरक्षित, न्यायपूर्ण, मर्यादित र व्यवस्थित पार्न लागत खर्चमा पारदर्शिता, नियम कानुनको पूर्ण पालना, समस्यामा पर्ने कामदारहरूलाई न्याय, उद्दार र क्षतिपूर्तिका लागि स्वदेश र विदेशमा सेवा दिने न्यायिक संयन्त्र स्थापना तथा परिचालन गर्न संघले नेपाल सरकारसँग सहकार्य गर्नेछ । कामदारहरूको सीप प्रशिक्षण, परीक्षण तथा प्रमाणीकरणलाई सहयोग गर्दै वैदेशिक रोजगारीको आर्जनलाई राष्ट्र निर्माणमा सदुपयोग गर्ने तथा कामदारहरूको भावी सामाजिक सुरक्षाका लागि यस संघले यसअघि अगाडी बढाएको कर्मचारी सञ्चय कोषसँगको सहकार्यमा अघि सारेको अनिवार्य बचत ९हजारे अभियान०सहितको सञ्चय कोष कार्यान्वयनका लागि परिणामदायी पहल गर्नेछ । ६, नेपाल सरकारले घोषणा गरेको नेपाल भमण वर्ष २०२० लाई सफल पार्न अतिथि देवो भवस् लगायतका अभियानलाई शसक्त रुपमा लगिएको सर्वविदितै छ । अवको केही महिनापछि नै औपचारिक रूपमा शुरूवात हुने भमण वर्षलाई भव्यरूपमा सफल बनाउन संघले विश्वभरि रहेको आफनो बलियो संजाललाई वर्षैभर भरपुर उपयोग गर्ने प्रण गर्दछ । ७, विज्ञान तथा प्रविधिमा संलग्न गैरआवासीय नेपालीको तथ्यांक तयार गर्दै ती संलग्न शैक्षिक संस्था एवं अनुसन्धान केन्द्र र नेपालका शैक्षिक संस्था र अनुसन्धान केन्द्रबीच समन्वयको वातावरणका साथ प्राज्ञिक आदानप्रदान तथा नेपाल र नेपालीको प्राथमिकताका आधारमा संयुक्त अनुसन्धान सम्बन्धी क्रियाकलापका लागि अनुकूल वातावरण तयार पार्न सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ । यसका निम्ति संघले एक स्थायी निकाय स्थापना गर्न पहल गर्नेछ । ८, नेपालीहरू अत्यधिक संख्यामा रहेका मुलुकहरूमा नेपाल सरकारको प्रतिनिधित्व रहने गरी नेपाली राजदुतावास वा महावाणिज्यदूतावासको स्थापना गर्न तथा भएका नियोगहरूलाई मानवीय तथा प्राविधिक रूपमा समेत सवल बनाउन नेपाल सरकारलाई यो सम्मेलन अनुरोध गर्दछ । नेपाली नियोगहरू स्थापना नभएसम्म स्थानीय गैरआवासीय नेपाली संघले नेपालीहरूलाई पुर्‍याई आएको सहयोगको निरन्तरताको प्रतिबद्धता व्यक्त गर्दछ । ९, सरकारले अभियानको रुपमा अगाडी बढाएको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न गैर आवासीय नेपाली संघले आफ्नो प्रतिवद्धता जाहेर गरिसकेको छ । यस क्रममा ठुला आयोजनामा नेपाल लगानी बोर्डसंग सहकार्य गरी सहजकर्ताको भुमिका निर्वाह गर्ने र सम्बन्धित देशका लगानीकर्ताहरूसंग समन्वय गराउने र सहजीकरण गरी स्वदेशमा बाहय लगानी, प्रविधि, शीप, अनुभव तथा ज्ञान आकर्षणमा सहजकर्ता ९ऋबतबथिकत० को भुमिका निर्वाह गर्नेछ । १०, वाहय लगानी आकर्षणमा प्रमुख वाधक रुपमा औल्याइएको दोहोरो करको समस्यालाई संवोधन गरी लगानी आकर्षणको वातावरण बनाउन नेपालको कुटनीतिक नियोग रहेका र धेरै नेपालीको वसोवास रहेका मुलुकहरुसंग अविलम्व दोहोरो कर उन्मुक्तिको संझौता लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता लगायतका सम्झौता अविलम्व गर्न नेपाल सरकारसंग आव्हान गर्दै त्यसका लागि सहजकर्ताको भुमिका निर्वाह गर्न गैरआवासीय नेपालीहरू तयार रहेको प्रतिबद्धता व्यक्त गर्दछ । ११, गैरआवासीय नेपाली संघ नेपालमा विधिवत रूपमा दर्ता भएको र अभियानले एक दशक पार गरिसकेको अवस्थामा संघको सँस्थागत संरचना सुधारमा महसुस गर्दै यो सम्मेलन नयाँ रणनीति बनाई सुधारका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जाहेर गर्दछ । गैरआवासीय नेपाली संघ र अभियान एक विशुद्ध गैरराजनैतिक चरित्रको भएकोले दलगत राजनीतिबाट टाढा राख्न नेपालका राजनैतिक दल र विदेशमा रहेका तीनका भातृसंगठनहरुलाई यो सम्मेलन आह्वान गर्दछ । १२, नवौं गैरआवासीय नेपाली विश्व सम्मेलनलाई भव्यरूपमा सफल पार्न सहयोग गर्नु हुने नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, संचारकर्मी तथा सम्पूर्ण सौजन्यकर्ता, सहयोगी संघरसंस्था र व्यक्तिहरूप्रति यो सम्मेलन हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।

images
प्रकाशित मिति :कार्तिक २, २०७६ शनिवार - ०३:०८:४१ बजे

सतीश चापागाईं

सम्बन्धित समाचार
साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन तथा समीक्षा कार्यक्रम सम्पन्न    पाल्पा, जेठ ३१ ।  साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन तथा समीक्षा कार्यक्रम आइतबार नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरुषोत्तम खनाल र प्रा. डा. लेखनाथ आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी रहनु भएको थियो ।   कार्यक्रममा प्रमुख अतिथि नारायणप्रसाद शर्मा, विशिष्ट अतिथिहरू तथा अन्य अतिथिहरूले संयुक्त रूपमा कृतिको विमोचन गर्नु भएको थियो । कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेको कृतिको समीक्षा साहित्यकार पदमप्रसाद शर्माले प्रस्तुत गर्नु भएको थियो ।   कृतिको समीक्षा गर्दै साहित्यकार पदमप्रसाद शर्माले ‘मनका उद्गार’ केवल एउटा पुस्तक मात्र नभई लेखकको जीवनभोगाइ, पारिवारिक इतिहास, वंशपरम्परा, सामाजिक अनुभव र भावनात्मक अभिव्यक्तिको दस्तावेज भएको बताउनु भयो । उनले पुस्तकको शीर्षकदेखि संरचना, आवरण र विषयवस्तुसम्मले पाठकलाई आकर्षित गर्ने उल्लेख गर्दै यस कृतिले लेखकको मनभित्रका अनुभूति, स्मृति र जीवनदर्शनलाई शब्दमार्फत अभिव्यक्त गरेको धारणा राख्नु भयो ।   उहाँले कृति दुई खण्डमा विभाजित रहेको जानकारी दिँदै पहिलो खण्डमा धौलु वंशको इतिहास, पिता बलभद्र उपाध्यायको जीवनी, मावली पक्षको परिचय तथा वंशवृक्षसम्बन्धी सामग्री समेटिएको बताउनु भयो । दोस्रो खण्डमा समावेश २५ वटा कविताले पारिवारिक मूल्य, मातृभूमिप्रेम, प्रकृतिप्रेम, शिक्षा, राष्ट्रियता, स्वाभिमान, सामाजिक उत्तरदायित्व तथा मानवीय संवेदनाका विविध पक्षहरू उजागर गरेको उहाँको भनाइ थियो ।   समीक्षक शर्माले लेखक माधवप्रसाद न्यौपानेलाई कर्मशील, निष्ठावान, साहसी र समाजप्रति उत्तरदायी व्यक्तित्वका रूपमा चित्रण गर्दै शिक्षण, सामाजिक आन्दोलन तथा राजनीतिक चेतनाको क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको समेत चर्चा गर्नु भयो । उहाँले पुस्तकलाई लेखकको मात्र नभई समग्र परिवार, आफन्तजन तथा लेखकलाई चिन्ने सबै व्यक्तिहरूको साझा अनुभूति र भावनाको अभिलेखका रूपमा व्याख्या गर्नु भयो ।   कार्यक्रममा आफ्नो धारणा राख्दै कृतिकार माधवप्रसाद न्यौपानेले पुस्तक प्रकाशनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, प्रेरणा र हौसला प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्नु भयो । उहाँले आफ्ना दिवंगत पिता–माताप्रतिको श्रद्धा, सम्मान र भावनात्मक सम्बन्ध नै पुस्तक लेखनको मुख्य प्रेरणा बनेको बताउनु भयो ।   उहाँले साहित्य, भाषा र संस्कृतिको महत्त्वबारे चर्चा गर्दै शिक्षा, ज्ञान, अध्ययन, चिन्तन र विश्लेषणबाट मात्रै व्यक्तिको बौद्धिक तथा नैतिक विकास सम्भव हुने धारणा व्यक्त गर्नु भयो । आफ्नो जीवनका अनुभव, पारिवारिक इतिहास, सामाजिक गतिविधि तथा मनका भावनालाई समेटेर कृति तयार गरिएको उल्लेख गर्दै पुस्तकलाई आफ्ना पिता–माताप्रति समर्पित गरेको बताउनु भयो ।   प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले पूर्वीय सभ्यताको मूल आधार नै पुर्खा, परिवार र संस्कृतिप्रतिको सम्मान भएको उल्लेख गर्दै ‘मनका उद्गार’ ले त्यसै मूल्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताउनु भयो । उहाँले भौतिक विकाससँगै मानवीय मूल्य, नैतिकता र पारिवारिक सम्बन्धलाई जोगाउनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कृतिहरूले समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने विश्वास व्यक्त गर्नु भयो ।   उहाँले माधवप्रसाद न्यौपानेले आफ्नो परिवार, समाज, शिक्षण पेशा, सामाजिक योगदान र जीवनका विविध पक्षलाई समेटेर नयाँ पुस्तालाई प्रेरणा दिने काम गरेको बताउनु भयो । परम्परागत मूल्य र आधुनिक सोचको सन्तुलन कायम गर्दै उन्नत समाज निर्माणमा साहित्यको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो ।   कार्यक्रमका सभाध्यक्ष तथा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीले परिषद्ले नियमित रूपमा एकल रचना वाचन, कृति विमोचन, पुस्तक समीक्षा, छन्द संरक्षण तथा विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनु भयो । साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्ने, नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने तथा साहित्यिक वातावरण सुदृढ बनाउने उद्देश्यका साथ परिषद् निरन्तर सक्रिय रहेको उहाँले बताउनु भयो ।   कार्यक्रममा साहित्यकार, पत्रकार, शिक्षक, समाजसेवी, लेखकका आफन्तजन तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।    राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन परिषद्की कोषाध्यक्ष सुशिला आचार्यले गर्नुभएको थियो ।

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend