Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

विप्लबको पार्टीमा प्रकाण्डका छोराको बिषयमा खैलावैला

विप्लबको पार्टीमा प्रकाण्डका छोराको बिषयमा खैलावैला

सतीश चापागाईं

२, कार्तिक २०७६
images
काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोराले विदेशमा मस्ती गरिरहेको तस्विरसँगै उनको बारेमा नेकपामा व्यापक चर्चा हुन थालेको छ । पार्टीमाथि प्रतिबन्धसँगै नेता–कार्यकर्ता भूगिमत भएपनि प्रकाण्डका छोरा भने हालै पाँच देशमा घुमेर फर्केको नेकपा वृत्तमा चर्चा छ । पार्टी निकट विद्यार्थी संगठनका कोषाध्यक्ष समेत रहेका बिक करिब डेढ महिना विदेशमा बसेर फर्केका एक विद्यार्थी नेताले बताए। दिल्लीको एयरपोर्ट प्रयोग गरेर विदेश हानिएका बिक बंगलादेश, हङकङ हुँदै चीन पुगेका थिए । विदेश उडेको जानकारी हुने भएकोले बिकले दिल्ली एयरपोर्ट प्रयोग गरेको स्रोतले बतायो। देशमा संगठन जिल्ला भेला, सम्मेलनमा जुटिरहेको बेला बिक विदेश सयरमा निस्के पछि यो विषय पार्टी तथा विद्यार्थी संगठनमा चर्चाको विषय भएको छ। यता जिल्ला भेला र सम्मेलनमा सहभागी हुने कार्यक्षेत्र छुट्याइएपनि उनी विदेशमा रमाइरहेको देखिएपछि उनको पार्टी पङतिमा आलोचना समेत भएको छ। बिकले भेला सम्मेलनको लागि भन्दै संगठनका विभिन्न इकाई र शैक्षिक क्षेत्रमा व्यापक मात्रामा चन्दा उठाएर विदेशमा मस्ती गरेर फर्केको भन्दै पार्टीपङतिमा आलोचना भएपछि अहिले विप्लव समूहमा ठूलै हलचल भएको छ । संगठनका अधिकांश नेता कार्यकर्ताहरुले बिकको विदेश शयरको विरोध गरेका छन् । संगठनका काम छोडेर विदेश घुम्न जानु आपत्तिजनक भएको भन्दै सोही संगठनका एक नेताले बिकलाई कारवाहीको माग गरेका छन् । “संगठनका काम छोडेर विदेश जानु आपत्तिजनक हो । जिल्ला जिल्लामा नेता कार्यकर्तामाथि धरपकड भइरहेको बेला कोषाध्यक्ष नै विदेश घुम्न जानु सिधासिधा पलायनता हो, कोषाध्यक्षको विदेश भ्रमणलाई हामीले यसरी नै लिएका छौं” एक नेताले हाम्राकुरासँग भने । उनले यो विषय संगठनको बैठकमा उठाउने समेत बताए । बिकको विदेश भ्रमणलाई संगठनका अध्यक्ष चिञ्जिीबी ढकालले गोप्य राखेका थिए । जानकारी पाएका केही नेताहरुलाई पनि पार्टी र संगठनको कामकै लागि विदेश भएको जवाफ दिँदै बाहिर नलैजान भन्दै आएका थिए । तर, बिकले भ्रमणका फोटो फेसबुकमार्फत सार्बजनिक गरेपछि लुकाउन खोजेको कुरा आफै उदाङगिएको छ । धेरैले प्रश्न उठाएपछि अहिले काठमाडौँ युनिभर्सिटीले बिकलाई विदेश पठाएको जवाफ दिइएको छ । सोही पार्टीका एक केन्द्रीय सदस्यले विदेशमा पठाउने कुनै कार्यक्रम नभएको बताएका छन् । उनले पार्टीलाई यसबारे कुनै जानकारी नभएको भन्दै देशमा संगठनका काम छोडेर विदेश घुम्न जानु गलत भएको बताए । उनले विदेश जाने अनुमति पार्टीको अन्तर्राष्ट्रिय विभागलाई मात्रै भएको भन्दै बिकको भ्रमणबारे पार्टीमा कुरा उठाउने बताए । उनले नेताको छोरा भएकै कारण संगठनका काम छोडेर विदेश जानु आफूहरुको लागि मान्य नहुने बताए । “पार्टीमाथि प्रतिबन्ध छ, संगठनका शान्तिपूर्ण कार्यक्रम पनि सरकारले गर्न दिएको छैन । नेता कार्यकर्तामाथि गिरफ्तारी र धरपकड जारी छ । तर, नेताको छोरा भएकै कारण विदेश घुम्न जानु आपत्तिजनक कुरा हो । यो पार्टी र विद्यार्थी संगठनको विषय बनाउँछौं” ती नेताले भने । डेढ महिना विदेश घुम्ने स्रोत के हो भन्दै उनले प्रश्न समेत गरे । यो विषय पार्टीमा पनि उठेपछि त्यसलाई प्रबक्ता समेत रहेका प्रकाण्डले थामथुम पारेका छन् । उनि भदौ महिनाको पहिलो साता बिदेश गएका थिए । त्यतिबेला संगठनकै काममा बिकलाई बिदेश पठाइएको भनिएपनि अहिले बोली फेरिएको छ । संगठनमा धेरै सिनियरलाई पाखा लगाउँदै प्रकाण्डकै दबाबमा कोषाध्यक्ष बनाएपछि नरेन्द्र विवादित बन्दै आएका थिए । पछिल्लो विदेश भ्रमणलाई लिएर सो संगठनमा खैलाबैला मच्चिएको छ । स्मरण रहोस् चीन गएकै कारण यसअघि विप्लवले पार्टीका तत्कालिन केन्द्रीय सदस्य शरदसिंह भण्डारी र सुदीप मल्ल, ब्यूरो सदस्य पुष्प न्यौपानेलाई कारवाही गरेका थिए । अब प्रकाण्डको छोरा चन्दा उठाएको पैसा बोकेर बिदेश घुमेको विषयलाई विप्लवले कसरी लिन्छन् हेर्न बाँकी छ । यसअघि विप्लवका छोरा प्रकाश चन्दले अरुको महंगो बाइकमा बसेर फोटो खिचेको विषयले निकै चर्चा पाएको थियो । अहिले प्रकाश मेडिकल विद्यार्थीहरुसँगै आन्दोलनमा लागेको देखिएका छन् । उतिबेला प्रकाशको विषयलाई पार्टीमा जबर्जस्त विषय बनाएका प्रकाण्डले छोराको विषयमा के भन्छन एक नेकपाका एक नेताले प्रश्न उठाएका छन् । हाम्राकुरा डटकमबाट

images
प्रकाशित मिति :कार्तिक २, २०७६ शनिवार - ०३:५४:२२ बजे

सतीश चापागाईं

सम्बन्धित समाचार
साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन तथा समीक्षा कार्यक्रम सम्पन्न    पाल्पा, जेठ ३१ ।  साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन तथा समीक्षा कार्यक्रम आइतबार नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरुषोत्तम खनाल र प्रा. डा. लेखनाथ आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी रहनु भएको थियो ।   कार्यक्रममा प्रमुख अतिथि नारायणप्रसाद शर्मा, विशिष्ट अतिथिहरू तथा अन्य अतिथिहरूले संयुक्त रूपमा कृतिको विमोचन गर्नु भएको थियो । कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेको कृतिको समीक्षा साहित्यकार पदमप्रसाद शर्माले प्रस्तुत गर्नु भएको थियो ।   कृतिको समीक्षा गर्दै साहित्यकार पदमप्रसाद शर्माले ‘मनका उद्गार’ केवल एउटा पुस्तक मात्र नभई लेखकको जीवनभोगाइ, पारिवारिक इतिहास, वंशपरम्परा, सामाजिक अनुभव र भावनात्मक अभिव्यक्तिको दस्तावेज भएको बताउनु भयो । उनले पुस्तकको शीर्षकदेखि संरचना, आवरण र विषयवस्तुसम्मले पाठकलाई आकर्षित गर्ने उल्लेख गर्दै यस कृतिले लेखकको मनभित्रका अनुभूति, स्मृति र जीवनदर्शनलाई शब्दमार्फत अभिव्यक्त गरेको धारणा राख्नु भयो ।   उहाँले कृति दुई खण्डमा विभाजित रहेको जानकारी दिँदै पहिलो खण्डमा धौलु वंशको इतिहास, पिता बलभद्र उपाध्यायको जीवनी, मावली पक्षको परिचय तथा वंशवृक्षसम्बन्धी सामग्री समेटिएको बताउनु भयो । दोस्रो खण्डमा समावेश २५ वटा कविताले पारिवारिक मूल्य, मातृभूमिप्रेम, प्रकृतिप्रेम, शिक्षा, राष्ट्रियता, स्वाभिमान, सामाजिक उत्तरदायित्व तथा मानवीय संवेदनाका विविध पक्षहरू उजागर गरेको उहाँको भनाइ थियो ।   समीक्षक शर्माले लेखक माधवप्रसाद न्यौपानेलाई कर्मशील, निष्ठावान, साहसी र समाजप्रति उत्तरदायी व्यक्तित्वका रूपमा चित्रण गर्दै शिक्षण, सामाजिक आन्दोलन तथा राजनीतिक चेतनाको क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको समेत चर्चा गर्नु भयो । उहाँले पुस्तकलाई लेखकको मात्र नभई समग्र परिवार, आफन्तजन तथा लेखकलाई चिन्ने सबै व्यक्तिहरूको साझा अनुभूति र भावनाको अभिलेखका रूपमा व्याख्या गर्नु भयो ।   कार्यक्रममा आफ्नो धारणा राख्दै कृतिकार माधवप्रसाद न्यौपानेले पुस्तक प्रकाशनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, प्रेरणा र हौसला प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्नु भयो । उहाँले आफ्ना दिवंगत पिता–माताप्रतिको श्रद्धा, सम्मान र भावनात्मक सम्बन्ध नै पुस्तक लेखनको मुख्य प्रेरणा बनेको बताउनु भयो ।   उहाँले साहित्य, भाषा र संस्कृतिको महत्त्वबारे चर्चा गर्दै शिक्षा, ज्ञान, अध्ययन, चिन्तन र विश्लेषणबाट मात्रै व्यक्तिको बौद्धिक तथा नैतिक विकास सम्भव हुने धारणा व्यक्त गर्नु भयो । आफ्नो जीवनका अनुभव, पारिवारिक इतिहास, सामाजिक गतिविधि तथा मनका भावनालाई समेटेर कृति तयार गरिएको उल्लेख गर्दै पुस्तकलाई आफ्ना पिता–माताप्रति समर्पित गरेको बताउनु भयो ।   प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले पूर्वीय सभ्यताको मूल आधार नै पुर्खा, परिवार र संस्कृतिप्रतिको सम्मान भएको उल्लेख गर्दै ‘मनका उद्गार’ ले त्यसै मूल्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताउनु भयो । उहाँले भौतिक विकाससँगै मानवीय मूल्य, नैतिकता र पारिवारिक सम्बन्धलाई जोगाउनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कृतिहरूले समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने विश्वास व्यक्त गर्नु भयो ।   उहाँले माधवप्रसाद न्यौपानेले आफ्नो परिवार, समाज, शिक्षण पेशा, सामाजिक योगदान र जीवनका विविध पक्षलाई समेटेर नयाँ पुस्तालाई प्रेरणा दिने काम गरेको बताउनु भयो । परम्परागत मूल्य र आधुनिक सोचको सन्तुलन कायम गर्दै उन्नत समाज निर्माणमा साहित्यको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो ।   कार्यक्रमका सभाध्यक्ष तथा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीले परिषद्ले नियमित रूपमा एकल रचना वाचन, कृति विमोचन, पुस्तक समीक्षा, छन्द संरक्षण तथा विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनु भयो । साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्ने, नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने तथा साहित्यिक वातावरण सुदृढ बनाउने उद्देश्यका साथ परिषद् निरन्तर सक्रिय रहेको उहाँले बताउनु भयो ।   कार्यक्रममा साहित्यकार, पत्रकार, शिक्षक, समाजसेवी, लेखकका आफन्तजन तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।    राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन परिषद्की कोषाध्यक्ष सुशिला आचार्यले गर्नुभएको थियो ।

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend