Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

रामकृष्ण ढकाल अमेरिकाका बिभिन्न शहरमा

रामकृष्ण ढकाल अमेरिकाका बिभिन्न शहरमा

सतीश चापागाईं

२, कार्तिक २०७६
images
  गायक रामकृष्ण ढकालको अमेरिकाका बिभिन्न शहरमा एकल कार्यक्रम तय भएका छन् । ढकालका अनुसार यहि अक्टुबर १९ मा क्यालिफोर्नियामा कार्यक्रम हुने भएको छ ।"क्यालिफोर्नियाको लस् एन्जल्समा कार्यक्रम हुनेछ" ढकालले भने । यो कार्यक्रममा दिपेश किशोर भट्टराईले पनि ढकाल संगै प्रस्तुति दिनेछन । यसैगरी २६ अक्टुबरमा ओहायोको एक्रोनमा अर्को कार्यक्रम हुनेछ । ओहायोको कार्यक्रम भुटनीज कम्युनिटी एशोसियसनले गरेको छ । यो कार्यक्रमको स्पोन्सर ब्यबसायी दिल्ली अधिकारीको ब्यबसायिक संस्था 'इन्ट्रा होम केयर सर्भिर्सेज'ले गरेको छ । ढकालको व्यस्तता यति मै सकिदैन । उनको अर्को कार्यक्रम नोभेम्बरको २ मा मेरिल्याण्डको बाल्टिमोरमा र ३ तारिखमा न्यु ह्याम्सारमा हुने तय भएको छ । "यी कार्यक्रमहरुमा मैले मेरा लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछु" ढकालले भने, "सबै स्रोताहरुलाई आफुलाई पायक पर्ने स्थानमा आएर सहभागी हुन अनुरोध पनि गरेका छन् । सबै कार्यक्रमको मिडिया पार्टनर नेप्लिज डायस्पोरा हो ।

images
प्रकाशित मिति :कार्तिक २, २०७६ शनिवार - ०४:४५:५३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend