शुक्रबार, २९ कार्तिक २०७६
Fri, 2019-11-15
Open Nav

रामकृष्ण ढकालको एकल साँझ मेरिल्याण्डको बाल्टिमोरमा हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
९ कार्तिक २०७६, शनिबार रामकृष्ण ढकालको एकल साँझ मेरिल्याण्डको बाल्टिमोरमा हुने
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गायक रामकृष्ण ढकालको एकल साँझ नोभेम्बर २ तारिखका दिन मेरिल्याण्डको बाल्टिमोरमा हुने भएको छ ।

कार्यक्रमको भब्य तयारी भईरहेको कार्यक्रमका एक संयोजक दिलिप श्रेष्ठले नेप्लिज डायस्पोरालाई बताए । कार्यक्रमको लागी व्यापक प्रचार प्रसार भैरहेको श्रेष्ठले जानकारी दिए । उनले भने, “रामकृष्ण ढकाललाई मन पराउनेहरु उत्साही भएको र आउन आतुर भएको पाईएको छ ।”

“रामकृष्ण ढकाल नेपाली स्रोताको लामो समयदेखि प्रिय गायक हो । बाल्टिमोरका दर्शकले प्रत्यक्ष भेट्न पाउने भएपछी धेरैमा खुशीयाली छाएको छ” बाल्टिमोरका चन्द्रप्रकाश शर्माले भने । मुनलाईट रेकर्डसका शर्माको ढकालसंग लामो संगत पनि छ । “रामकृष्ण ढकालको एकल कार्यक्रममा सहभागी हुन पाउनु पनि आफैमा एउटा ईतिहास र भाग्यको कुरा हो ।” शर्माले भने । शर्माले यो कार्यक्रम आयोजना गर्न ठुलो सहयोग गरिरहेका छन् ।

यो कार्यक्रमलाई सफल बनाउन स्थानिय युवाहरु रमेश भट्ट नेपाली छोरो, विश्वकिरण थापा, सृजन ताम्राकार लगायतका युवाको बिशेष भूमिका रहेको छ । मेरिल्याण्डका बिभिन्न स्थानमा बिबिध कार्यक्रम गर्ने DMV EVENTS ले कार्यक्रमको संयोजन गरेको छ भने नाम्लो ईभेन्ट्सले यो कार्यक्रमको ब्यबस्थापनको जिम्मा लिएकोछ ।

नोभेम्बर २ सनिबार हुने कार्यक्रमको अन्य जानकारी पोष्टरमा हेर्न सकिन्छ ।

कार्यक्रमको मिडिया पार्टनर भएर नेप्लिज डायस्पोरा, मेरिल्याण्डका हामी नेपाली र ईनेप्लिजले सहयोग गरेका छन् ।

यो पनि पढ्नुहोस :   पाँच बर्षिय बालिकाले ल्याइन नयाँ म्युजिक भिडीयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य