बुधबार, ०४ मङि्सर २०७६
Wed, 2019-11-20
Open Nav

गायक रामकृष्ण ढकाललाई अमेरिकामा सम्मान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
१९ कार्तिक २०७६, मंगलवार गायक रामकृष्ण ढकाललाई अमेरिकामा सम्मान
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

गायक रामकृष्ण ढकाललाई अमेरिकाको मेरिल्याण्ड राज्यमा बिशेष सम्मान गरिएको छ ।

मेरिल्याण्ड राज्यका स्टेट डेलिगेट ह्यारी भण्डारीले मेरिल्याण्ड राज्यका नागरिकका तर्फबाट यो सम्मान प्रदान गरेका हुन् । ढकाललाई भण्डारीले अमेरिका र मेरिल्याण्ड राज्यको झण्डा ओढाउदै एक सम्मान पत्र समेत प्रदान गरेका थिए । ढकाललाई नेपाली गीत संगीतमा लामो समयदेखि सक्रिय रहेको र नेपाली गीत संगीतलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याएको भन्दै सम्मान गरेको सम्मान पत्रमा उल्लेख गरिएको छ ।

ढकाललाई ह्यारी भण्डारीसंगै यस क्षेत्रका अवैतनिक महाबाणिज्य दुत प्रेमराजा महत र एनआरएनएका संस्थापक उपाध्यक्ष डाक्टर श्याम कार्कीले सम्मान गरेका थिए । कार्यक्रममा छोटो मन्तब्य राख्दै डेलिगेट भण्डारीले रामकृष्ण ढकालको कला क्षमताको प्रशंशा गरेका थिए ।ह्यारी भण्डारी अमेरिकाको राजनीतिमा सबैभन्दा माथिल्लो तहमा पुगेका एक मात्र नेपाली हुन् ।

महाबाणिज्य दुताबासको तर्फबाट महाबाणिज्य दुत तथा बरिष्ठ लोक गायक प्रेमराजा महतले सम्मान गरेका थिए । सो अवसरमा बोल्दै महतले रामकृष्ण ढकाल संसारभरका लागि नेपाली सांस्कृतिक दुत भएको बताए ।

गायक ढकालले यस सम्मानले आफुलाई भावुक बनाएको भन्दै नेपाली गीत संगीतको सेवामा लाग्न थप हौसला मिलेको बताए । ढकालले भने, “बिदेशमा मिलेको यो सम्मानले गर्दा मैले ठुलो जिम्मेवारीको महशुश गरेको छु ।”

मेरिल्यान्डमा रहेका ढकालका फ्यानहरुले अर्को बर्ष रामकृष्ण ढकालको सम्मानमा अहिलेसम्म कै बृहत कार्यक्रम गर्ने निर्णय समेत गरेको बुझिएको छ।

गायक ढकालले यो सिजनमा अमेरिकाका पांच स्थानमा आफ्नो एकल प्रस्तुति देखाएका छन् । डेढ महिना लामो अमेरिका बसाईमा उनले अमेरिकाको न्यु ह्याम्सायर, आयोवा, लस् एञ्जलस, मिचिगन र मेरिल्याण्डमा गरेर पांच ठाउंमा सांगीतिक साँझ सम्पन्न गरेका छन् । उनी मंगलबार नेपाल फर्कदै छन् ।

यो पनि पढ्नुहोस :   छन्त्यालको बोर्ड अफ डाइरेक्टर पद्को उम्मेद्वारीले मेरिल्याण्डमा खुशी

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य