Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

आलमको बयान शुरु

आलमको बयान शुरु

सतीश चापागाईं

१९, कार्तिक २०७६
images
रौतहट। रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ मंगलबारबाट सुरु भएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको ४ नम्बर इजलासमा आलमले मंगलबार बयान दिएका छन् । उनको बयान लिने क्रम मंगलबारका लागि सकिएको छ भने बुधबार १० बजेदेखि फेरि बयान लिन सुरु हुनेछ । उनको बयानसंगै पक्ष विपक्षमा बसह सुरु हुनेछ । सरकारी वकिल कार्यालय रौतहटले उनीसहित १० जनालाई जन्मकैदसहित तीन वटा कसुरमा जिल्ला अदालत रौतहटमा सोमबार मुद्दा दर्ता गरेको थियो । आलमसहित १० जनामाथि रौतहट प्रहरीले कर्तव्यज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीन वटा मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्र राज कटुवालले जानकारी दिए । १२ वर्षअघि ईटा भट्टाभित्र जिउदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो । आलमसहितका व्यक्तिले २०६४ चैत २७ गते यमुनामाई गाउँपालिकाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ सहितका व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर हत्या गरेको भन्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । सरकारी वकिल कार्यालयका अनुसारआलमसहित उनका भाई मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंकर साहसमेत विरुद्ध मुद्दा दर्ता गरेको छ । गौरीशङ्कर साहविरुद्ध भने मतियारको रुपमा मुद्दा दायर गरिएको छ ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७६ मंगलवार - ०९:५९:३९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend