आइतबार, १२ माघ २०७६
Sun, 2020-01-26
Open Nav

प्रवासमा तिहारको रमाईलो, बिभिन्न ठाउँमा देउसी र भैलो

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share
१९ कार्तिक २०७६, मंगलवार प्रवासमा तिहारको रमाईलो, बिभिन्न ठाउँमा देउसी र भैलो
Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

 

माधव न्यौपाने, युएई

हिन्दु नेपालीको दास्रो ठुलो चाड तिहारले प्रदेशमा भएका नेपालीहरुलाई पनि छोएको छ।

बिभिन्न शिलशिलामा घरदेश छाडि प्रदेशमा रहेका नेपालीले आफु रहेको ठाउमा नेपालमा जस्तै देउसी-भैलो खेलि तिहार मनाउन सुरु गरेका छन। हिजो लक्ष्मी पुजा गरेसंगै यसको सुरुवात भएको हो।

दुई लाख पचास हजार नेपाली रहेको युएईमा पनि तिहारको रौनक बढेको। युएईमा नेपालीका बिभिन्न संघ९सस्था छन र सस्थागत रुपमै देउसिरभैलो खेल्ने गरेका छन। लक्ष्मी पुजा गरेसंगै हिजोबाट स्याङ्गजा सहयोग समाज युएईले पनि देउसि-भैलो खेल्न सुरु गरेको छ।

प्रदेशमा भए पनि आफ्नो कला,संस्कृति र परम्परा को संरक्षण गर्ने र संकलित रकम स्याङ्गजा सहयोग समाजको कोष मार्फत प्रदेशमा अथवा नेपालमा समस्यामा परेका नेपालीको सहयोगमा प्रयोग हुने स्याङ्गजा सहयोग समाज युएईका अध्यक्ष प्रेमराज भण्डारीले बताए ।

त्यस्तै अन्तराष्ट्रिय नेपाली कलाकार समुह (इनास) युएईले पनि देउसी-भैलो खेल्न सुरु गरेको छ। नेपाली संस्कृतिको रक्षार्थ, प्रवासमा हाम्रो पहिचान इनासको अभियान, भन्ने भनाईलाई आत्मसात गर्दै इनासले देउसीरभैलो सुरु गरेको हो।

(इनास) युएईले नोभेम्वर दुई तारिक सम्म युएईका बिभिन्न क्षेत्रमा देउसीरभैलो खेल्ने र संकलित रकम सामाजिक काममा प्रयोग गर्ने इनास युएईका उपाध्यक्ष एम डि बोहोराले जानकारी दिए ।

प्रदेशमा भएपनि यसरी देउसी खेल्न पाउदा घरदेशमै भए जस्तो महसुश भएको स्याङ्गजा सहयोग समाज युएईका सल्लाहकार संयोजक तथा इनास युएईका सल्लाहकार ओमकार पोख्रेलले बताए ।

आफ्नो कला,सस्कृति बिभिन्न रिति रिवाज र परम्परा सबैलाई प्यारो हुन्छ। प्रदेशमा भने घरदेशमा जस्तो खुलेर चाडपर्व मनाउन गाह्रो हुन्छ। चाडपर्व मनाउदा आफु रहेको देशको कानुन भित्र रहि मनाउन पर्ने हुन्छ । अन्यथा कानुनको फन्दामा पर्न सकिन्छ। रेडियो एनआरएनबाट ।

यो पनि पढ्नुहोस :   बेल्जियममा नेपालीहरुले यसरि गरे बाम एकताको स्वागत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य