Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

टोकियोमा सामुहिक म्ह: पूजा

टोकियोमा सामुहिक म्ह: पूजा

सतीश चापागाईं

१९, कार्तिक २०७६
images
टोकियो । जापानमा क्रियाशिल संस्था नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले गत शनिवार नेपाल संवत ११४० शुभकामना आदनप्रदान तथा सामुहिक म्ह: पूजा कार्यक्रम सम्पन्न गरेको छ । टोकियो कोउतोकु स्थित दान्चीहलमा सम्पन्न यस कार्यक्रमा नेवार मात्र नभएर अन्य जातका नेपाली लगायत जापानीजहरूको पनि सहभागीता रहेको थियो । कार्यक्रमको सुरूवात नेपाल संवत को प्रवर्तक समेत भनेर चिनिने समाजसेवी शंखधर शाख्वको तस्बिरमा माल्यार्पण सँगै दीप प्रज्जवल बाट गरिएको थियो । संस्थाको संस्थापक अध्यक्ष माधव नारायण मानन्धरले नेपाल सम्वत ११४० को शुभकामना व्यक्त गर्दै म्ह: पुजामा सहभागी हुन आउने सबैलाई स्वागत गर्नुभएको थियो । त्यस लगतै नेवारी परम्परा अनुसार म्हँ पुजा सुरू भएको थियो । बयस्क र बालबालिका सहित गरेर झण्डै साठी जनाको सहभागिता रहेको यस सामुहिक म्हँ पुजालाई दुई चरणमा गरिएको थियो । नेवारी खाना र पियपदार्थको समेत व्यवस्था भएकोले नेपालमै बसेर नेवारी भोज खाँदै म्हँ पुजा गरेको जस्तो जस्तो अनुभव भयो अमेरिका बाट केही समयको लागि जापान आउनुभएकी रमिता बदे श्रेष्ठले बताउनुभयो । नेपाली मध्येको नेवार जातीको यो परम्परा जहाँ शरीरको पुजा गरिन्छ पहिलो पटक अनुभव गर्न पाए , टोकियो बाहिर गिफु बाट सहभागी हुन आएकी जापानिज आगन्तुक कियोमी आमानोले बताउनुभयो । कार्यक्रममा सधै सहभागी हुने आगन्तुकहरू रमाउने त भएनै पहिलो पटक सहभागी हुने आगन्तुकहरू पनि निकै उत्साहित देखिन्थे । जापानमा पनि यसरी सामुहिकरूपमा म्हँ पुजा गर्न पाउँदा नेपालको न्यास्रोपन हटेको छ भन्दै आयोजक संस्थालाई धन्यवाद दिएका थिए । कार्यक्रमको अन्तिम चरणमा नेवारी गीत संगितमा नाचगान गरी निकै रमाईलो साथ यस वर्षको म्हँ पुजा कार्यक्रम सम्पन्न भएको थियो । नेपाल एक बहु( भाषिक, बहु(जाति अनि बहु(संस्कृतिले सम्पन्न देश हो । त्यस मध्ये विभिन्न कला संस्कृतिले धनि नेवार समुदयाको स्वन्ती ९तिहार०अथवा म्ह पूजा एक ठूलो पर्व हो । म्ह पूजा अर्थात आफ्नो जिऊ शुद्द गर्ने हेतुले आफु लगाएत सप(परिवार तथा आफन्तजनको पुजा गर्ने गरिन्छ । म्हँ पूजा देखि नेपाल संवत अर्थात नयाँ वर्ष पनि यसै दिन बाट सुरू हुन्छ । जापानमा रहेर पनि आफ्नो कला संम्कृतिलाई जगेर्णा गर्नुपर्छ , आफ्नो सन्ततीलाई पनि देखाउन र सिकाउनुपर्छ साथै नेवार समुदयालाई मात्र होईन अन्य जातजतिका नेपाली र जापानीलाई समेत परिचय दिँदै जानुपर्छ भन्ने उदेश्य सहित यस संस्थाको स्थापनाकाल देखिनै हरेक वर्ष गर्दै आएका छौ संस्थाको अध्यक्ष दीपरत्न शाक्यले बताउनुभयो । म्हँ पुजाको दिनमै यो कार्यक्रम किन नगरेको भन्ने प्रश्नमा स्( नेपालमा गरिने दिनैमै गर्दा बिदेशमा बिदा मिलाउन धेरैलाई समस्या हुने र सहभागिता कम हुँने , साथै त्यस दिन धेरैले आफ्नै घरमा पनि गर्ने भएकोले सहभागीहरू संख्या न्युन हुने भएको र बिगतमा नेपालमा गरेकै दिन गर्दा खासै व्यक्तिहरू सहभागी नभएको तितो अनुभव समेत रहेकोले तिथि अनुसारको दिनमा नगरेर म्हँ पुजा सकिएको पहिले शनिवार या आईतवार गर्ने गरेको संस्थाको महा सचिव शिव तण्डुकारले बताउनुभयो। नेवास् अन्तराष्ट्रिय फोरम जापानले वर्षै भरी विभिन्न संस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेको छ । म्हँ पुजा बाहेक दशैं कार्यक्रम , बुद्ध जयन्ति कार्यक्रम, क्वाटी पुन्ही कार्यक्रम गर्ने गरेको छ । साथै नेवारी परम्परामा बालिकाहरूलाई गर्नुपर्ने बेल विवाह अर्थात “ईही” कार्यक्रमपनि गर्ने गरेको जानकारी संस्थाकी निवर्तमान अध्यक्ष गंगा डंगोलले दिनुभएको थियो ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७६ मंगलवार - १०:३८:५३ बजे

सतीश चापागाईं

सम्बन्धित समाचार
साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन तथा समीक्षा कार्यक्रम सम्पन्न    पाल्पा, जेठ ३१ ।  साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन तथा समीक्षा कार्यक्रम आइतबार नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरुषोत्तम खनाल र प्रा. डा. लेखनाथ आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी रहनु भएको थियो ।   कार्यक्रममा प्रमुख अतिथि नारायणप्रसाद शर्मा, विशिष्ट अतिथिहरू तथा अन्य अतिथिहरूले संयुक्त रूपमा कृतिको विमोचन गर्नु भएको थियो । कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेको कृतिको समीक्षा साहित्यकार पदमप्रसाद शर्माले प्रस्तुत गर्नु भएको थियो ।   कृतिको समीक्षा गर्दै साहित्यकार पदमप्रसाद शर्माले ‘मनका उद्गार’ केवल एउटा पुस्तक मात्र नभई लेखकको जीवनभोगाइ, पारिवारिक इतिहास, वंशपरम्परा, सामाजिक अनुभव र भावनात्मक अभिव्यक्तिको दस्तावेज भएको बताउनु भयो । उनले पुस्तकको शीर्षकदेखि संरचना, आवरण र विषयवस्तुसम्मले पाठकलाई आकर्षित गर्ने उल्लेख गर्दै यस कृतिले लेखकको मनभित्रका अनुभूति, स्मृति र जीवनदर्शनलाई शब्दमार्फत अभिव्यक्त गरेको धारणा राख्नु भयो ।   उहाँले कृति दुई खण्डमा विभाजित रहेको जानकारी दिँदै पहिलो खण्डमा धौलु वंशको इतिहास, पिता बलभद्र उपाध्यायको जीवनी, मावली पक्षको परिचय तथा वंशवृक्षसम्बन्धी सामग्री समेटिएको बताउनु भयो । दोस्रो खण्डमा समावेश २५ वटा कविताले पारिवारिक मूल्य, मातृभूमिप्रेम, प्रकृतिप्रेम, शिक्षा, राष्ट्रियता, स्वाभिमान, सामाजिक उत्तरदायित्व तथा मानवीय संवेदनाका विविध पक्षहरू उजागर गरेको उहाँको भनाइ थियो ।   समीक्षक शर्माले लेखक माधवप्रसाद न्यौपानेलाई कर्मशील, निष्ठावान, साहसी र समाजप्रति उत्तरदायी व्यक्तित्वका रूपमा चित्रण गर्दै शिक्षण, सामाजिक आन्दोलन तथा राजनीतिक चेतनाको क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको समेत चर्चा गर्नु भयो । उहाँले पुस्तकलाई लेखकको मात्र नभई समग्र परिवार, आफन्तजन तथा लेखकलाई चिन्ने सबै व्यक्तिहरूको साझा अनुभूति र भावनाको अभिलेखका रूपमा व्याख्या गर्नु भयो ।   कार्यक्रममा आफ्नो धारणा राख्दै कृतिकार माधवप्रसाद न्यौपानेले पुस्तक प्रकाशनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, प्रेरणा र हौसला प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्नु भयो । उहाँले आफ्ना दिवंगत पिता–माताप्रतिको श्रद्धा, सम्मान र भावनात्मक सम्बन्ध नै पुस्तक लेखनको मुख्य प्रेरणा बनेको बताउनु भयो ।   उहाँले साहित्य, भाषा र संस्कृतिको महत्त्वबारे चर्चा गर्दै शिक्षा, ज्ञान, अध्ययन, चिन्तन र विश्लेषणबाट मात्रै व्यक्तिको बौद्धिक तथा नैतिक विकास सम्भव हुने धारणा व्यक्त गर्नु भयो । आफ्नो जीवनका अनुभव, पारिवारिक इतिहास, सामाजिक गतिविधि तथा मनका भावनालाई समेटेर कृति तयार गरिएको उल्लेख गर्दै पुस्तकलाई आफ्ना पिता–माताप्रति समर्पित गरेको बताउनु भयो ।   प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले पूर्वीय सभ्यताको मूल आधार नै पुर्खा, परिवार र संस्कृतिप्रतिको सम्मान भएको उल्लेख गर्दै ‘मनका उद्गार’ ले त्यसै मूल्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताउनु भयो । उहाँले भौतिक विकाससँगै मानवीय मूल्य, नैतिकता र पारिवारिक सम्बन्धलाई जोगाउनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कृतिहरूले समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने विश्वास व्यक्त गर्नु भयो ।   उहाँले माधवप्रसाद न्यौपानेले आफ्नो परिवार, समाज, शिक्षण पेशा, सामाजिक योगदान र जीवनका विविध पक्षलाई समेटेर नयाँ पुस्तालाई प्रेरणा दिने काम गरेको बताउनु भयो । परम्परागत मूल्य र आधुनिक सोचको सन्तुलन कायम गर्दै उन्नत समाज निर्माणमा साहित्यको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो ।   कार्यक्रमका सभाध्यक्ष तथा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीले परिषद्ले नियमित रूपमा एकल रचना वाचन, कृति विमोचन, पुस्तक समीक्षा, छन्द संरक्षण तथा विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनु भयो । साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्ने, नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने तथा साहित्यिक वातावरण सुदृढ बनाउने उद्देश्यका साथ परिषद् निरन्तर सक्रिय रहेको उहाँले बताउनु भयो ।   कार्यक्रममा साहित्यकार, पत्रकार, शिक्षक, समाजसेवी, लेखकका आफन्तजन तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।    राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन परिषद्की कोषाध्यक्ष सुशिला आचार्यले गर्नुभएको थियो ।

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend