Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

विवेकशीलले उप-निर्वाचनमा छान्यो यी उम्मेदवार

विवेकशीलले उप-निर्वाचनमा छान्यो यी उम्मेदवार

सतीश चापागाईं

१९, कार्तिक २०७६
images
काठमाडौं : विवेकशील नेपाली दलको कात्तिक १८ र १९ गते बसेको वैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की-२ र वाग्लुङ २ (ख) मा उम्मेदवारी दिने निर्णय गरेको छ। बैठकले कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यका लागि जमुना शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कास्की बैदाम घर भएकी शर्मा महिला अधिकारको क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी भुमिका खेल्दै आएकी छिन्। शर्मा कानून, समाजशास्त्र, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा पोख्त छिन्। त्यस्तै दलले वाग्लुङ २(ख) प्रदेश सभाका लागि सन्तोष भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। भण्डारी बुर्तिवाङका स्थानीय युवा उद्यमी तथा व्यवसायी हुन्। बुवा सत्तारूढ दलको तर्फबाट निर्वाचित जन प्रतिनिधि भए पनि उनी विवेकशील नेपाली दलको स्थापनाकालदेखिकै सक्रिय नेता हुन्।

images
प्रकाशित मिति :कार्तिक १९, २०७६ मंगलवार - १०:५१:३० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend