Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

रामकृष्ण ढकालले मेरिल्याण्डबासीलाई धन्यवाद दिए

रामकृष्ण ढकालले मेरिल्याण्डबासीलाई धन्यवाद दिए

सतीश चापागाईं

१९, कार्तिक २०७६
images
  गायक रामकृष्ण ढकालले मेरिल्याण्डबासीलाई धन्यवाद दिएका छन् । अमेरिकाको सांगीतिक टुरमा आएका बेला मेरिल्याण्डबासी नेपालीको मायाले आफु खुशी भएको ढकालले नेप्लिज डायस्पोरासंगको भेटमा बताए । ढकालले आफ्नो फेसबुकमा पनि स्टाटसमा "धन्यवाद मेरिल्याण्ड" लेखेर नै मेरिल्याण्डबासीलाइ धन्यवाद दिएका छन । गायक ढकालको फेसबुक स्टाटस यस्तो छ: धन्यवाद मेरिल्याण्ड ! यसपटकको मेरो अमेरिकाको सांगीतिक साँझहरु सबै सबै सम्झन लायक छन् । यहि क्रममा हिजो मेरिल्याण्डको बाल्टिमोरमा भएको कार्यक्रम पनि ओजिलो र मेरो जीवनभर कै लागि सम्झना योग्य कार्यक्रम बन्यो । यो एकल साँझ सम्पन्न गर्न अहम भूमिका निर्वाह गर्ने आयोजक साथीहरुप्रति हार्दिक धन्यवाद ब्यक्त गर्दछु । शो हेर्न आउनुहुने मेरा प्रिय सबै सबै दर्शक स्रोताप्रति आभारी छु । मेरिल्याण्डमा रहेका सम्पूर्ण कलाकारहरुको सद्भावले म झन् उत्साही भएको छु ।अमेरिका भ्रमण कै क्रममा मलाई सम्मान गर्ने अवैतनिक महाबाणिज्य दुत प्रेमराजा महत दाजुप्रति सधैजस्तै सम्मान छ । मेरो बर्षौंको सांगीतिक करियरमा हिजो एउटा नयाँ खुशी थपिएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यका स्टेट डेलिगेट बन्न सफल नेपाली युवा ह्यारी भण्डारीले स्टेटको र अमेरिकाको झन्डा ओढाउदै प्रकट गर्नुभएको सम्मान पत्रले मलाई भाबुक बनाएको छ । सिंगो मेरिल्याण्डबासीका तर्फबाट नेपाली गीतसंगीतको क्षेत्रलाई मैले पुर्याएको योगदानको जुन प्रदान गरिएको छ, यसले मेरो मात्र होइन देश कै शिर उच्च भएको मैले ठानेको छु । मलाई यो सम्मानको लायक ठानेर स्टेट डेलिगेटको कार्यालयलाई घच्घच्याउनु हुने डाक्टर श्याम कार्की, सतिश चापागाईं र चन्द्रप्रकाश शर्मालाई पनि धन्यबाद । मैल यो सम्मान पाउदै गर्दा खुशीले चिच्याउनु हुने उपस्थित सबै दर्शकलाई सधै सम्झिरहने छु । यो न्यानो आतिथ्यताका लागि धन्यवाद मेरिल्याण्ड !  

images
प्रकाशित मिति :कार्तिक १९, २०७६ मंगलवार - ११:२६:५९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend