Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

रोशनी तिम्रो आँट कायम रहोस् -शोभा अधिकारी

रोशनी तिम्रो आँट कायम रहोस् -शोभा अधिकारी

सतीश चापागाईं

१९, कार्तिक २०७६
images

जापान। जब रोशनी शाही बलात्कृत भएको अन्तर्वार्ता सुनें तब शारीरिक र मानसिक रुपमा शिथिल भएको महशुस गरें । उनले देखाएको घाउले मेरो भित्री आत्मा चिथोरेको जस्तो भो । हामी महिला कोही कसैबाट पनि सुरक्षित छैनौं जस्तो लाग्यो । मनमनै हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिबाकोटीलाई धन्यबाद दिएँ। धन्य छौ तिमी भनेर मनमनै आसिक दिएँ अजयबाबुलाई । शोषित पीडित महिलाको लागि आवाज बाहिर ल्याइदेकोमा भेटेरै धन्यवाद भनौं लाग्यो । मनमनै सलाम पनि उनको आँटलाई । रोशनीको समाचार लेख्न जो पायो त्यो पत्रकारले सक्दैनथे । किनकि शक्ति र सत्ताको भरी गाग्रोमा झिरले प्वाल पारी पानी निकाल्ने आँट कमैमा हुन्छ ।

तर भोलिपल्ट रोशनीको बयान फेरिएको सुनेँ । म आफैं झसंग भएँ । मन भारी भो । बेलुकीसम्म भोगबिलास गर्नको लागि नजरले मन पराएको महिला, भोलिपल्ट मानसिक असन्तुलन भएको भनेर प्रमाणित गर्न खोजियो । उनैको मुखबाट शब्दहरु ओकल्न बाध्य पारियो ।

थप लेख पढ्न यो लिंकमा क्लिक गर्नुहोस ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७६ मंगलवार - १८:४४:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend