Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

न्यूयोर्कमा नेपालको जातिय छुवाछुत तथा अमेरीकाको रंगभेदी भेदभावको विरूद्धमा नेपाली शान्तिपूर्ण प्रदर्शन ( फोटो फिचर)

न्यूयोर्कमा नेपालको जातिय छुवाछुत तथा अमेरीकाको रंगभेदी भेदभावको विरूद्धमा नेपाली शान्तिपूर्ण प्रदर्शन ( फोटो फिचर)

सतीश चापागाईं

२७, जेठ २०७७
images
न्यूयोर्कमा नेपालको जातिय छुवाछुत तथा अमेरीकाको रंगभेदी भेदभावको विरूद्धमा नेपाली शान्तिपूर्ण प्रदर्शन ( फोटो फिचर)

केशवराम राई

#BLACKLIVESMATTER #DALITLIVESMATTER यी slogan का साथ हामी नेपाली अमेरीकान समुदायको तर्फबाट ऐक्यवद्दता प्रदर्शन गरेका छौ ।

नेपाली समुदायको अगुवाहरूद्वारा प्रस्तुत हाम्रो प्रदर्शनमा ४ दर्जन भन्दा धेरै नेपाली अमेरीकन सामाजिक संघसंस्थाहरू तथा सामाजिक न्यायिक अभियन्ताहरूको उपस्थिति रहेको थियो । यो हाम्रो प्रदर्शन न्याय समानता र स्वतन्त्रताको लागी हो । हामी संसारभरीका शोषित पिडितहरूको पक्षमा , जातिय , नश्लिय , रंगभेदी , भेदभाव र असमानताको घोर भर्तसना एवं निन्दा व्यक्त गर्दछौ ।

आज जुन ७ आईतबार को कार्यक्रमलाई सफल बनाउन संयोजनकारी भुमिका निर्वाह गर्दै सहभागीता जनाउनुहुने महानुभावहरू संचार कर्मी शैलेश श्रेष्ठ, आदिवासी जनजाति महासंघ अमेरीकाका (फिप्ना) अध्यक्ष लोक चेम्जोङ, मधेसी एसोसिएशन का वरिष्ठ उपाध्यक्ष सत्येन्द्र शाह , जनसम्पर्क समिति अमेरीकाका अध्यक्ष आनन्द विष्ट, प्रवासी नेपाली एकता मन्चका एकता कार्यदलका संयोजक राधाकृष्ण देउजा , जिपिके फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमिरे, प्रवासी नेपाली एकता मन्च का सौमेन्द्र रन्जित, जनसम्पर्क समिती अमेरीका का महासचिव मुनिन्द्र नेम्बाङ, फिप्ना संघिय परिषदका सभामुख राजकुमार विष्ट , फिप्नाका महासचिव नरेन्द्र थापा, फिप्नाका कोषाध्यक्ष छोन्जोम लामा, शेर्पा किदुक अमेरीकाका अध्यक्ष उर्गेन शेर्पा , एनआरएन अभियन्ता विष्णु रानामगर लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी ज्यूहरू , तथा दर्जनौ उपस्थित अभियन्ताहरूप्रती हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।
सबैको नाम लिन नसकेकोमा क्षमाप्रर्थी छु।

अमेरिकामा अल्पमत समुदाय माथिको निर्मम र बर्बर सस्थागत दमन अनि अत्याचारको दर्दनाक बिगत र ईतिहास लामो छ | सन १७७६ मा अमेरिका स्वतन्त्र भएको दिनदेखिनै त्यस्ता वर्गीय बिभेदहरुको बिजारोपण भएको हो | अस्वेत तथा राज्यद्वारा दबाईएका अन्य अल्पमत समुदायहरुले बिभिन्न कालखण्डमा बिभिन्न खाले न्यायिक आन्दोलनहरु गरे तथापि त्यस्ता अभियान र आन्दोलनले संस्थागत बिभेदको समूल अन्त्य गर्न सकेन |

अहिले त्यही ईतिहासको पुनरावृत्ति भएको छ र मिनियापोलिसका अर्का एकजना अस्वेत जर्ज फ्लोईडको स्वेत प्रहरीद्वारा ८ मिनेट ४६ सेकेन्ड घुँडाले घाँटी थिचेर पासविक अनि निर्मम हत्या गरिएको छ | रंगभेद बिरोधि न्यायिक आन्दोलनको परिबेग देशै भरि फैलिएपछि अहिले फ्लोईडको हत्यारा र अन्य तीन मतियारहरुलाई न्यायको काठघरामा ल्याईएको छ |


जनताको संगठित शक्ति र आन्दोलनको ताकतका कारणले मात्र यो सम्भव भएको हो | हामी फरक भूगोलबाट आएपनि हाम्रा सपना, बाध्यता र नियतिहरु यहाँका रैथाने अस्वेतहरुको भन्दा कुनै पनि अर्थ र परिभाषामा फरक छैनन | त्यसैले उनीहरुलाई पिट्दा हामीलाई दुख्नु पर्छ | नबिर्सौं उनीहरुलाई खाने बाघले हामीलाई पनि एक दिन बाँकी राख्दैनन | त्यस अर्थमा रंगभेद बिरुध्दको यो शान्तिपूर्ण न्यायिक अभियानमा अल्पमत आप्रवासी समुदायको हैसियतमा हाम्रो पनि नैतिक साथ, समर्थन अनि एक्यबध्द्ता हुन जरुरी छ । संस्थागत बिभेद र न्यायिक सुधारका लागि हाम्रो आवाज बुलन्द पारौं!

अस्वेत जीवनको माने हुन्छ! दलित जीवनको पनि माने हुन्छ! सम्पूर्ण अल्पमत आप्रवासीहरु रंगभेद बिरोधि न्यायिक अभियानमा एक होऔं!

Jun 7, Sunday Jackson hight New York

तस्वीरमा हामी समानता चाहानेहरू

 

1.jpg

 

9.jpg

 

8.jpg

 

 

3.jpg

 

 

5.jpg

 

 

4.jpg

 

 

7.jpg

 

6.jpg

 

10.jpg

images
प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - ००:०७:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend