Logo

शुक्रवार, आश्विन ३० गते २०८३   |   2026 October 16

images

images

विश्वका १८ देशमा स्थापना भईसकेको अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको सदस्यता आवेदन खुल्ला !

विश्वका १८ देशमा स्थापना भईसकेको अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको सदस्यता आवेदन खुल्ला !

नेप्लिज डायस्पोरा

३१, आषाढ २०७७
images
विश्वका १८ देशमा स्थापना भईसकेको अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको सदस्यता आवेदन खुल्ला !

 

जीएनएनएन ।

नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था International Nepalese Blood Donors Association - INBDA "अन्तराष्ट्रिय नेपाली रक्तदाता संघ" ले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली रक्तदाताहरुलाई समन्वय गर्दै रक्तदानको क्षेत्रमा अगाडि बढ्ने उद्देश्यका साथ सदस्यता आवेदन खुल्ला गरेको छ ।

स्वयं रक्तदान, रक्तदान उत्प्रेरणा र सहयोग गर्न ईच्छुक महानुभावहरु तथा संस्थालाई अनलाईन सदस्यता आवेदन दिनुहुन संघले अनुरोध छ ।

रक्तदान अभियानमा बिश्वभरका नेपालीहरुलाई स्वागत गर्दै जुलाई ३१ तारिकसम्मका लागि सदस्यता निशुल्क गरिएको संघका अध्यक्ष अजय सत्यालले बताएका छन्।

सन् २०१४ मा स्थापना भएको अन्तराष्ट्रिय नेपाली रक्तदाता संघ विश्वका १८ देशहरुमा स्थापना भइसकेको छ। विश्वका ६ वटा महादेशमा पुगेर १७९ औं पटक रक्तदान गरिसकेका अर्जुन प्रसाद मैनाली यसका संस्थापक अध्यक्ष हुन्।

अन्तराष्ट्रिय नेपाली रक्तदाता संघ एक गैर-धार्मिक, गैर राजनीतिक, गैर नाफामुखी र एक मानवीय संस्था हो। विश्वव्यापी रूपमा नियमित नेपाली रक्तदाताहरू बढाउने लक्ष्य सहित यसको स्थापना भएको हो।

आईएनबीडीले विश्वव्यापी रुपमा रक्तदानका लागि नेपालीहरुलाई उत्प्रेरित गर्ने, नेपालमा रक्तदान आन्दोलनलाई सहयोग पुर्‍याउने, सम्बन्धित र स्थानीय र अन्तर्राष्ट्रिय गतिविधिहरु संगठित गर्ने काम गर्दछ। आईएनबीडी आधिकारिक रूपमा अमेरिकाको फ्लोरिडामा दर्ता छ र यसका सदस्यहरू, दाताहरू र शुभचिंतकहरूले विश्वव्यापी २० भन्दा बढी देशहरूबाट रक्तदान अभियानलाई समर्थन गरिरहेका छन्।

images
प्रकाशित मिति :आषाढ ३१, २०७७ बुधवार - ००:४६:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend