नेप्लिज एसोसिएसन ईन साउथईष्ट अमेरिकाले बार्षिक साधारण सभाको अबसर पारेर सांग्रिला( SHANGRI-LA) को नयाॅ डिजिटल अंक प्रकाशन गर्ने भएको पब्लिकेशन कमिटिका सभापति डा. चिरन्जीबी भट्टराईले जानकारी दिएका छन्। सभापति डा. चिरन्जीबी भट्टराईले यस्को लागि आफ्ना अमुल्य लेख तथा रचनाहरु, कथा, कबिता, मुक्तक वा अन्य यस्तै लेखहरु पठाउन अनुरोध पनि गरेका छन्।
पब्लिकेशन समितिका सभापति डाक्टर भट्टराईद्वारा जारी सूचना यस्तो छ:
नेप्लिज एसोसिएसन ईन साउथईष्ट अमेरिका ( Nepalese association in Southeast America / NASeA ) ले आँउदो सेम्टेम्बरको पहिलो हप्तामा हुने यस्को बार्षिक साधारण सभाको अबसर पारेर सांग्रिला( SHANGRI-LA) को नयाॅ डिजिटल अंक प्रकाशन गर्दैछ ।
यस्को लागि आफ्ना अमुल्य लेख तथा रचनाहरु , कथा , कबिता , मुक्तक वा अन्य यस्तै लेखहरु केही भए इच्छुक तपाईहरु सबैमा अनुरोध गर्दछु ।
इच्छुक लेखक तथा साहित्यकारहरुले जति सक्दो चाॅडो आफ्नो लेखहरु पठाईदिनु भए आभारी हुनेछु ।
साथै हाम्रो इच्छा नयाॅ तथा भरखर लेखन तथा साहित्यतिर लाग्नु भएका नयाॅ लेखक , साहित्यकार तथा यस्तै इच्छा भएका ब्यक्तिहरुलाई पनि जागरुक बनाउने भएको हुॅदा यो पनि जानकारी गराउदै यस अर्थले पनि सबैसँग अनुरोध गर्दछु ।
धन्यबाद।
लेख तथा रचना पठाउने ठेगाना :
( [email protected] )
Or
[email protected]
( phone : 919-454-3758)
तथा
सभापति
पब्लिकेशन कमिटि , नासा ।