Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

काे बन्ला नेपाल आईडलकाे विजेता ? आज फाईनल प्रतियाेगिता हुदै

काे बन्ला नेपाल आईडलकाे विजेता ? आज फाईनल प्रतियाेगिता हुदै

Nepal Desk

१२, भाद्र २०७७
images
काे बन्ला नेपाल आईडलकाे विजेता ? आज फाईनल प्रतियाेगिता हुदै

काठमाडौं । एपिवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को आज फाइनल प्रतियोगिता हुँदैछ । सिजन ३ अन्तर्गतको यो रियालिटी शोको फाइनल चैत्र महिनामै सकिने भए पनि कोरोना भाइरसका कारण पछाडि धकेलिएको थियो ।

एपिवान टेलिभिजनबाट आज बेलुका ८ बजे लाइभ प्रसारण हुने यो रियालिटी शो मा उत्कृष्ट ३ प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिनेछन् लकडाउनका कारण रोकिएको यो कार्यक्रम केही खुकुलो हुनासाथ पुनः शुरु गरिएको थियो ।

उत्कृष्ट ३ मा पर्न सफल महोत्तरीका किरण भुजेल, मोरङकी सज्जा चौलागाईं र बर्दियाका प्रवीण भेटवालबीच प्रतिस्पर्धा हुनेछ । गतवर्ष नेपाल आइडलले एउटा छुट्टै किसिमको माहोल सिर्जना गर्ने गरेको थियो । यसपटक भने कोरोना भाइरसका कारण शोले त्यति चर्चा कमाउन सकेको छैन ।

आज (शुक्रवार) हुने कार्यक्रममा थोरै दर्शक र फाइनल प्रतिस्पर्धी मात्र रहने जनाइएको छ ।

images
प्रकाशित मिति :भाद्र १२, २०७७ शुक्रवार - १३:२१:५६ बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend