Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

खुकुलो बनाईयाे काठमाडाैँ उपत्यकाकाे निषेधाज्ञा, अब के के खाेल्न पाईने ?

खुकुलो बनाईयाे काठमाडाैँ उपत्यकाकाे निषेधाज्ञा, अब के के खाेल्न पाईने ?

Nepal Desk

१८, भाद्र २०७७
images

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आउँदो २४ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ । बिहीबारदेखि थपिएको निषेधाज्ञामा केही क्षेत्र खुकुलो बनाइएको छ । अब खाद्यवस्तु, दूध र दूग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु बिक्री-वितरण गर्ने पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि ९ बजेसम्म मात्रै खोल्न पाउने व्यवस्था थियो ।

त्यस्तै अब होम डेलिभरी सेवा सञ्चालन गर्न पाइने भएको छ । तर, त्यसका लागि कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य चाहिन्छ । रेस्टुरेन्टको टेक वे र अनलाइन डेलिभरी सेवा पनि सञ्चालन गर्न पाइने भएको छ । विकास निर्माणसँग सम्बन्धित पसल, व्यवसाय र त्यसको ढुवानीमा प्रयोग हुने गाडी दिउँसो दुई बजेदेखि बेलुका नौ बजेसम्म सञ्चालन गर्न पाइनेछ । सबै काममा स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौले निर्देशन दिएको छ ।

images
प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - ०९:४२:३७ बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend