युवा सामाजिक अभियन्ता प्रविन खड्काले एनआरएनए अमेरिकाको सदस्यता लिन खड्काले सबैलाई आग्रह गर्नुभएको छ।
नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतीश चापागाईंसंग कुराकानी गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो।
"हामी सदस्यता बिस्तार अभियानमा छौं। यो अभियानमा सबैको सक्रिय सहभागिताको लागी अनुरोध गर्दछु।" सामाजिक अभियन्ता खड्काले भन्नुभयो।
यसपटक युवाहरुको बिशेष आकर्षण बढेको उल्लेख गर्दै खड्काले भन्नुभयो, "यो बिशेष अवसर हो। सबै युवा र बिद्यार्थीहरुलाई यो अभियानमा सहभागी हुन् म आग्रह गर्दछु।
खड्का एनआरएनए अमेरिकाको स्टुडेन्ट टास्क फोर्सका सदस्य हुनुहुन्छ। उहाँ मेरिल्याण्डमा सक्रिय संस्था साथी बाल्टिमोरको संस्थापक सदस्य हुनुहुन्छ।
एनआरएनएमा सदस्यता लिने अन्तिम म्याद यहि फेब्रुअरी १५ तारिख रातिसम्म छ।