Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

सर्वोच्चद्वारा संसद पुनर्स्थापना

सर्वोच्चद्वारा संसद पुनर्स्थापना

सतीश चापागाईं

११, फाल्गुण २०७७
images
सर्वोच्चद्वारा संसद पुनर्स्थापना

काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्दै नेपालको संसद पुनर्स्थापना गरेको छ । सर्वोच्चले १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ।

२ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गर्दै यो निर्णय गरेको हो।

'संविधानको धारा ७६ को १ अनुसारको बहुमतको प्रधानमन्त्रीले धारा ७६ को ७ अनुसार संसद विघटन गर्ने संवैधानिक पूर्वसर्त अवस्था नभएको र प्रधानमन्त्रीले पुस ५ गते सिफारिस गरी राष्ट्रपतिले स्वीकृत गरी जारी गरेको विज्ञप्ति असंवैधानिक भएकोले संवैधानिक र कानुनी रूपमा शून्य हुने गरी बदर गरिएको छ,' फैसला सुनाउँदै प्रधानन्यायाधीश राणाले भने।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् ।

सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गरेका थिए।


यो मुद्दाका दुवै पक्षले बहस गर्नुका साथै र एमिकस क्युरीले समेत आफ्नो राय राखेका थिए।


सर्वोच्च अदालतको पूर्ण पाठ आइसकेको छैन।

त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

 

रबिन बज्राचार्यद्वारा बरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिने घोषणा

 

 

 

 

 

 

 

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - १८:२९:२६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend