Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

दर्शन ठकुरी समाज न्युयोर्कको अधिवेशनबाट मिलन कुमार शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

दर्शन ठकुरी समाज न्युयोर्कको अधिवेशनबाट मिलन कुमार शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

सतीश चापागाईं

११, श्रावण २०७८
images
दर्शन ठकुरी समाज न्युयोर्कको अधिवेशनबाट मिलन कुमार शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

 

दर्शन ठकुरी समाज न्योयोर्कको हिजो सम्पन्न दोस्रो अधिवेशनबाट मिलन कुमार शाही पुन: दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित भएका छन्। शाही नेपालको पुर्ख्यौली प्युठान र पछि रुपन्देही हुदै बिगत लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका छन्। उनले रियल स्टेट ब्यबसाय गर्छन।

हिजोको साधारण सभाले नगेन ठकुरी लाई बरिष्ठ उपाध्यक्ष, बिमला हमाललाई महिला उपाध्यक्ष र टेक बमलाई उपाध्यक्षमा निर्वाचित गरेको छ। त्यसगरी महासचिवमा लाल शाही, सचिवमा शोभा हमाल, कोसाध्यक्षमा नरेन्द्र शाह र सहकोषाध्यक्षमा अजित शाह निर्वाचित भएका छन् ।

कार्य समिती सदस्यहरूमा ब्यबासायी जीवन बम, सुरेश मल्ल, संयुक्त राष्टसंघमा कार्यरत संज्ञा सिंह, टोपेन्द्र सिंह राठौर, संग्राम सिंह हमाल, लील मल्ल, मैना सेन, ज्ञानेन्द्र शाही र उत्सव शाह निर्वाचित भएको जानकारी निर्वाचन समिती सदस्य तथा विस्व ठकुरी समुदायका सस्थापक अध्यक्ष रेशम जंग शाहले जानकारी गराए ।

 

गीतकार सतीश चापागाईंको गीत सरकार चाहियो

images
प्रकाशित मिति :श्रावण ११, २०७८ सोमवार - २३:४४:२९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend