Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

गीतकार ममता राई 'यात्री' र माया गुरुङले अमेरिकाबाट दिए तीज कोसेली

गीतकार ममता राई 'यात्री' र माया गुरुङले अमेरिकाबाट दिए तीज कोसेली

सतीश चापागाईं

३२, श्रावण २०७८
images
गीतकार ममता राई  'यात्री'  र माया गुरुङले अमेरिकाबाट दिए तीज कोसेली

 


न्युयोर्क – महिलाहरुको चाड तीजलाई लक्षित गरेर अमेरिकाको न्युयोर्कबाट तीज गीत “गुन्जियो तिजको भाका” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । न्युयोर्क सिटिको विभिन्न ठाउँमा कैद गरिएको उक्त भिडियोलाई ममता इन्टरटेन्टमेन्टबाट सार्वजनिक गरिएको हो ।

माया गुरुङको डेब्यु स्वर र अभिनय रहेको उक्त गीतका रचनाकार ममता राई “यात्री” हुन भने संगित दिप घतानीको रहेको छ । यो गीतको म्युजिक भिडियोमा गायिका माया गुरुङ, रचनाकार ममता राई “यात्री” कमला राई, यशोदा राई, जानुका कंडेल, निरु राई र प्रबिन गुरुङको अभिनय देख्न सकिन्छ ।

तीजको गुन्जियो भाका गीतलाई ओम कर्माचार्यले खिचेका हुन भने सम्पादन पनि कर्माचार्यकै रहेको छ । यो गीतलाई निर्देशन रमेश सुनुवारले गरेका हुन ।
न्युयोर्कको “रेडपान्डामा” एक कार्यक्रम गरेर सार्वजनिक गरिएको गीतको सार्वजनिक कार्यक्रममा अमेरिकाकै न्युयोर्कमा रहेर समाजसेवा गर्दै आउनु भएका समाजिक अभियन्ता केशबराम राईले नेपाली चेलीबेटीहरुले यस्तो व्यस्तताको बिचपनि नेपाली गीत संगीतको बजारमा एउटा इटा थप्ने कार्य गरेकोमा सबैलाई हार्दिक बधाई दिए ।

images
प्रकाशित मिति :श्रावण ३२, २०७८ सोमवार - ००:१४:४६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend