Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

विवेकशील साझाको अन्तर्राष्ट्रिय समिति भंग, रवीन्द्र मिश्रसँग ‘सम्बन्धविच्छेद’ भएको जानकारी

विवेकशील साझाको अन्तर्राष्ट्रिय समिति भंग, रवीन्द्र मिश्रसँग ‘सम्बन्धविच्छेद’ भएको जानकारी

सतीश चापागाईं

२५, पौष २०७८
images
विवेकशील साझाको अन्तर्राष्ट्रिय समिति भंग, रवीन्द्र मिश्रसँग ‘सम्बन्धविच्छेद’ भएको जानकारी

 

 

विवेकशील साझा पार्टीका अन्तर्राष्ट्रिय सद्भाव समिति भंग भएको छ।

अध्यक्ष रवीन्द्र मिश्रसँग असहमति राख्दै आएका भट्टले विज्ञप्ति जारी गरी समिति भंग भएको समिति संयोजक सुरेश भट्टले सार्बजनिक गरेका हुन्। उनले मिश्रको समूहसँग सम्बन्धविच्छेद गरेको घोषणा पनि गरेका छन्।

शनिबार विज्ञप्ति जारी गरी भट्टले भनेका छन्, ‘वैकल्पिक राजनीतिको महाअभियानलाई नयाँ सिराबाट सङ्गठित र पुनर्गठन गर्न फरक परिस्थितिको विकास भएकाले पार्टीका समस्त राष्ट्रिय सद्भाव समूहरूसँगै अन्तर्राष्ट्रिय समितिसमेत भङ्ग भएको घोषणा गर्दछु।’

भट्टले असहज परिस्थितिमा समेत विवेकशील नेपाली दल र साझा पार्टीबिच एकीकरण भई बनेको विवेकशील साझा पार्टीमार्फत वैकल्पिक राजनीतिलाई नेतृत्व गर्न पाएको अवसरलाई दुरुपयोग गर्दै मिश्रले राप्रपामा मिसिनको लागि ‘बार्गेनिङ टुल’को रूपमा दुरुपयोग गरेकोमा विमति र आपत्ति व्यक्त गरेको बताएका छन्।
उनले पार्टीका सद्भाव समूहहरू तथा अन्तर्राष्ट्रिय समिति भङ्ग भए पनि पुनः नयाँ तरिकाले प्रवासी नेपालीहरूको हकहितका लागि वैकल्पिक राजनीतिका शुभेच्छुकहरू सङ्गठित हुने बताएका छन्।

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - ०९:३८:५६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend