कोरोनाको महामारीसंगै संसार मै रगतको अभाव भईरहेको छ। अमेरिकाको मेरिल्याण्ड राज्यमा पनि रगतको अभाव भएको हस्पिटलहरुले बताईरहेका छन्।
यहि अवस्थालाई मध्यनजर गर्दै मेरिल्याण्डका नेपालीहरुको संस्था बाना (BANA)ले American Redcross को प्राविधिक सहयोग र PDRC INTERNATIONAL संगको सहकार्यमा यहि जनवरी २८ गते शुक्रबारका दिन रक्तदान कार्यक्रम आयोजना गरेको बानाका अध्यक्ष सुबोध विलास पन्तले जानकारी दिनुभएको छ।
कार्यक्रम दिउसो १ बजेदेखि ६ बजेसम्म 7631 Harford Road, Parkville, MD, 21234 मा हुनेछ।
"यो एक मानवीय काम हो। मेरिल्याण्डका नेपाली संस्था र ब्यक्तिहरुले सोधपुछ गरिरहनु भएको छ। सबैको सक्रिय सहयोग हुने आशा गरेको छु।" PDRC INTERNATIONAL का निर्देशक भीम बिकले नेप्लिज डायस्पोरासंग भन्नुभयो।
विस्तृत जानकारीका लागि फ्लायरमा हेर्नुहोला।