Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

माघीको अवसर पारेर फिफ्नाद्वारा सामाजिक काम

माघीको अवसर पारेर फिफ्नाद्वारा सामाजिक काम

सतीश चापागाईं

४, माघ २०७८
images
माघीको अवसर पारेर फिफ्नाद्वारा सामाजिक काम

थारुसमुदायको महत्वपूर्ण पर्व माघी तथा थारुहरुको नयाँ बर्ष २६४५ न्यूयोर्क पनि मनाईएको छ । नेपाल आदिवासी जनजाति महासंघ महासंघ अमेरिका (फिप्ना) को सदस्य संस्था थारु एण्ड फ्रेण्ड्स एसोसियसनले रिजउडमा माघी पर्वको शुभकामना व्यक्त गर्दै हेन्ड स्यानिटाइजर वितरण गरी माघी पर्व मनाईएको हो ।

पछिल्लो समय न्यूयोर्क लगायत विभिन्न राज्यहरुमा बढीरहेको ओमिक्रोन भाइरसलाई परास्त गर्ने उद्देश्यले पाँचसय थान हेन्ड स्यानिटाइजर वितरण गरी थारुहरुको पर्व माघी पर्व मनाएको थारु एण्ड फ्रेन्ड्स एसोसियसनका उपाध्यक्ष एवं फिप्नाका सह कोषाध्यक्ष दिपक चौधरीले जानकारी दिए ।

उपाध्यक्ष चौधरीको नेतृत्वमा माघी पर्वलाई थारु समुदायले विशेष पर्वको रुपमा मनाउँदै आएको छ । विभिन्न समुदाय र जात जातिले भिन्न भिन्न रुपमा आफ्नै मौलिक तरीकाले विभिन्न नाम दिई मनाउँदै आएको छ भने, थारु समुदायमा माघीलाई बर्षभरी गड़ने कामको योजना बनाउने दिनको रुपमा लिइन्छ ।

थारु समुदायले यो पर्वलाई कमैया कमलरी, लेनदेनको रुपमा लिने भएकोले यो पर्वलाई उत्साह र त्रास दुवै विशेषता बोकेको पर्वको रुपमा लिइदै आएको छ । आफ्नो मौलिकता, भाषा, संस्कृति र भेषभुषालाई संरक्षण गर्नका लागि पनि यो पर्व मनाएको चौधरीको भनाई छ ।

ओमिक्रोन भाइरस बढीरहेका कारणले अहिलेको वर्तमान परिस्थितिमा भाइरसलाई परास्त गर्न नेपाली समुदायका व्यक्तिहरुलाई सहयोग पुगोस भनेर स्यानिटाइजर वितरण गरी फरक ढंगले यो पर्व बनाएको चौधरीले बताए ।

images
प्रकाशित मिति :माघ ४, २०७८ मंगलवार - १०:२२:४१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend