Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

पत्रकार राजु रसालीको सामानतामा जुटौं गीत सार्वजनिक

पत्रकार राजु रसालीको सामानतामा जुटौं गीत सार्वजनिक

सतीश चापागाईं

४, माघ २०७८
images
पत्रकार राजु रसालीको सामानतामा जुटौं गीत सार्वजनिक

 


पत्रकार तथा सामाजिक अभियान्ता राजु रसालीको नेपाली सामाजमा विद्ममान जातिय छुवाछुत र भेदभाव अनत्यका लागि समानता जुटौं गीत सार्वजनिक भएको छ । विगत लामो समयदेखि नेपाली समाजमा विद्यमान रहेको जातीय छुवाछुत र भेदभाव हटाई सामाजिक न्यायको स्थापना गर्नको लागि “ आऊ संगीत साथी अब एक भएर जुटौं समानताको पक्षमा दलित सबै उठौँ” भाव सहितको जनचेतनामूलक गीत सार्वजनिक भएको हो ।

यस गीतका रचनाकार राजु रसाली हुन भने गीतमा संगित तथा एरेन्ज लोक गायक तथा संगीतकार पदम बि.सिले गरेका छन । त्यस्तै यस गीतमा स्वर नेपाली लोक संगीतका वरिष्ठ गायक राजु परियारले दिएका छन् ।

विगत लामो समयदेखि सामाजिक अभियन्ताको रुपमा परिचित राजु रसालीको यो पहिलो गीत हो । पाल्पा जिल्ला घरभई बि.स.२०६० सालबाट रेडियो पत्रकारिताबाट सामाजिक अभियन्ताको रुपमा काम सुरु गरेका रसाली जनउत्थान प्रतिष्ठानका पूर्व महासचिव पनि हुन् ।

दलित विषय वस्तुमा कलम चलाउने रसालीका विभिन्न पत्र-पत्रिकाहरुमा लेख तथा रचनाहरु प्रकाशन भएका छन् । समानतामा जुटौं भन्ने भाव बोकेको यस गीतले खास गरेर पछिल्लो समयमा नेपालमा भएको राजनीतिक र सामाजिक परिवर्तनले पनि दलित समुदायको राज्यका सबै क्षेत्रमा समान पहुच हुन नसकेको कुरा उल्लेख गरिएको छ ।

नेपाली सामाज रूपमान्तरण र दलित अधिकारका लागि भएका प्रयासहरू प्रयाप्त नभएका राज्य,समाज र सरकार दलित समुदायका सवालमा संवेदनशिल हुन नसेको बताउने राजु रसाली आफुले गीत मार्फत दलित अधिकारका लागि सानो प्रयास गरेको बताउँछन् ।

विगत केही समयदेखि उच्चशिक्षा हासिल गर्न हाल दक्षिण कोरिया रहेका राजु रसालीलाई यस गीतको सफलताको शुभकामना !

images
प्रकाशित मिति :माघ ४, २०७८ मंगलवार - ११:१४:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend