युवा सामाजिक अभियन्ता रमेश भट्ट ‘नेपाली छोरो’ एनआरएनए अमेरिकाको स्पोर्टस कमिटीको सह-संयोजक मनोनित भएका छन ।
भट्टलाई एनआरएनए अमेरिकाले उक्त कमिटीको सह-संयोजकमा मनोनित गरेको प्रमाण पत्र पठाएको छ । महासचिव अन्जन कुमार चौलागाईले उक्त पत्रमा हस्ताक्षर गरेका छन ।
भट्ट गत निर्वाचनमा एनआरएनए अमेरिकाको बोर्ड अफ डाईरेक्टरमा उमेद्वार थिए र झिनो मतले पराजित भएका थिए ।“यो मेरो रुचिको र सधै सक्रिय भएको क्षेत्र हो । मैले जिम्मेवारी पाएसंगै सम्मानित पनि भएको महशुस गरेको छु ।एनआरएनएलाई अमेरिकामा रहेका खेलाडी र नेपालको खेल क्षेत्रसंग जोड्न सक्दो योगदान गर्नेछु ।” भट्टले नेप्लिज डायस्पोरासंग भने ।
मेरिल्याण्डमा बिभिन्न व्यापार र सामाजिक सेवाको क्षेत्रमा सक्रिय भट्ट साथी बाल्टिमोरको संयोजक हुन् । गोरखा समाज अमेरिकाका महासचिब उनी बाल्टिमोर रोटरी क्लबमा बोर्ड अफ डाईरेक्टर छन । अमेरिकामा सक्रिय अर्को संस्था युएनएमा उपाध्यक्ष छन । झण्डै आधा दर्जन ब्यवसायमा अन्य नेपालीसंगै सहकार्य गर्दै आएका भट्टले घिमिरे होम्समा रियल्टरको रुपमा आबद्ध छन ।
नेप्लिज डायस्पोराका शुभ चिन्तक र स्थापनाकालदेखि कै सहयोगी रमेश भट्टलाई मनोनित हुनु भएकोमा हार्दिक बधाई सहित कार्यकालको सफलताको शुभकामना !!