Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकाबाट फर्केपछि मनमा लागेको कुरा -शम्भु उप्रेती

अमेरिकाबाट फर्केपछि मनमा लागेको कुरा -शम्भु उप्रेती

सतीश चापागाईं

११, माघ २०७८
images
अमेरिकाबाट फर्केपछि मनमा लागेको कुरा -शम्भु उप्रेती

 

यस पटकको अमेरिका बसाई र भोगाईका अनुभुतिहरु मनभरी उकुस मुकुस हुनेगरी साचेर स्वदेश फिर्ति अब केही दिन मात्रै बाक़ी रह्यो ।अनि नेपाल फिर्ति हुने ख़ुशीले मन भीत्रको तरंगित अनुभुतिसंगै यता आउने बेला बिदाई हुदा आफैले ब्यक्त गरेको कुरा याद पनि आयो।


“यात्रा रहेछ जीन्दगी” ! एक पटक पुग्नै पर्ने साझा गन्तव्य मुलुक अमेरिकाको यात्रासंगै लक्ष्य रह्यो यहाँका मानिस हरुको बिचार, जीवनशैली र मानव निर्मित अद्धीतिय समृद्धिलाई नजीकबाट अनुभुति गर्ने । तसर्थ यो बसाई लाई- It’s my USA mission को नामकरण गरेको थिए ।हुन त ठ्याकै दुई बर्ष अघी प्रहरी सेवाबाट अबकास लगत्तै पनि यस्तै बसाई र भोगाई अनुभुति गरी नेपाल फर्किदा सायद यती धेरै समग्र अनुभुतिहरु भएनन । भए त केवल यताका चिल्ला फरकीला, सफा, एकै प्रकारका देशैभरी फैलिएको सडक सन्जालको आश्चर्यजनक महीमा, मानिस हरुको अनुशासित, सिस्टममा बाधीएको जीवन शैली र प्रमुख शहरहरुका अकल्पनिय गगन चुम्मी महलहरुको बखानमै आफु सिमीत थिए ।

आफ्नो देशको ग़रीबी र अभाबहरुले बिचलित र केही गर्न नसकिने जस्तो सून्यतातर्फ पिडाबोध गरें।


सायद अब समय गुज्रेसंगै सोच्ने र मनन गर्ने दृष्टिकोण, उमेर र जागीरको राप तापबाट अलग भएको अबधी संगै बिचार हरु बदलिई सकेको अनुभूती गरे। आफ्नो देश नेपाल बास्तबमै महान रहेछ ।

क्षेत्रफलबाट भले सानो, सम्पन्नतामा भले गरीब र बिपन्न बाबजुत हाम्रो मुलुक सम्राज्यबादीका सामु नडगमगाएको गौरब गाथा, आत्मसम्मान बोकेको बीर पुर्खाको स्वाभिमानी गर्वीलो इतिहासप्रतिको अनभिज्ञताको उपज पो रहेछ । साथै हामीमा अन्तर्निहित समयसापेक्ष दक्षताको कमी हुनु पक्कै पनि हिनताबोध र ग्लानीको बिषय पो हुनुपर्यो।


हामी नेपाली रास्ट्रबादी सोच,परोपकारी, भाबना,स्वाभीलम्बी स्वभाबका दृष्टिकोणबाट संसारमै उत्कृस्ट रहेछौ ।अनी बिबीध प्राकृतिक भौगोलिक बिबीधताको उपहारले सुसज्जित बिश्वको अग्लो र बिश्वमा शान्तिको झन्डा फहराउने महामानव बुद्धको जन्म स्थानको नाताले अपार गौरवशाली ।


बीर गोरखालीको ऐतिहासिक गरीमाको राप र तापबाट सधै प्रेरित हुदै ईमान्दार, मेहनति र स्वाधीनता पूर्बक बिश्वमा छुट्टै पहीचान बोकेर, आफ्नो परिस्थिति र अबसरको खोजीमा संसार भरी छरिएर रहे बसेका हामि एउटै चाल र भाखामा सधै देशकै यादमा रास्ट्रीय गित गुनगुनाउदै, रास्ट्रिय पहीचान बोकेको चाडपर्ब र संस्कृतीको गरिमाहरु प्रतिको लगाव र मुलुकको समृद्धि प्रति उग्र चासो, हरपल खबरदारी जुन हाम्रो सम्पन्नताको गतिलो प्रमाण बनिसकेको रहेछ ।अब रह्यो एउटै मिसन - हाम्रो हैन राम्रो मानिस लाई देशको राजनितीमा पुर्याऔ ।


प्रबाशी नेपालीहरुलाई मतदाताको अधीकार दिलाऔ । बिदेसी भूमिमा सिकेको दक्षता र बगाएको पसिनाको सम्पन्नतालाई स्वदेशमा प्रयोग गर्ने निती बनाऔ। पर्यटन प्रबंधवमा राज्यको लगानी र नितीमा सहजीकरण ।धन्यवाद ।


आजलाई यति ..
जय मातृभूमि नेपाल !

images
प्रकाशित मिति :माघ ११, २०७८ मंगलवार - ०९:२०:१६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend