Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

वसन्त पञ्चमीको अवसरमा नर्थक्यारोलाइनामा नेपाली पाठशालाको शुरुवात

वसन्त पञ्चमीको अवसरमा नर्थक्यारोलाइनामा नेपाली पाठशालाको शुरुवात

सतीश चापागाईं

२५, माघ २०७८
images
वसन्त पञ्चमीको अवसरमा नर्थक्यारोलाइनामा नेपाली पाठशालाको शुरुवात

 

-कृष्ण ज्ञवाली
नर्थक्यारोलाइना राज्यको सार्लोट शहरमा रहेको नेपाली संस्था जि. सि. एन. ए का वर्तमान अध्यक्ष विश्व खरेलबाट दीप प्रज्वलीत गरि शुभारम्भ भएको समारोहमा नेपाली पाठशालाले नेपाली भाषा र नेपालप्रतिको अपनत्व बढाउन सकारात्मक भूमिका खेल्ने हुदा सबैमा गौरवान्वितभएको हुनु पर्ने बिश्वास जि. सि. एन. एका सचिब श्री बिजयढुङ्गेलले बताउनु भयो।

 

कार्यक्रमको सुरुवात नेपाली तथा अमेरिकन राष्ट्रिय गीत, शान्ती मन्त्र, सरस्वती बन्दना तथा शुभकामना गीतबाट गरिएको थियो। यसका साथै जि. सि. एन. एको नवनिर्बाचित बर्तमान कार्यकारिणी सदस्य पदाधिकारीहरुको परिचय पनि अध्यक्ष खरेलले गराउनु भयो। जसमा अध्यक्ष विश्व खरेल, उपाध्यक्ष राजु भण्डारी, सचिबविजय ढुंगेल, कोषाध्यक्ष सचिन पराजुली तथा सदस्यहरुमा शरद पोखरेल, कृष्ण ज्ञवाली, रिना ताम्राकार, सुजाता ढुंगेल, प्रबेश श्रेष्ठ, जितेन्द्र गौतम, तथा हेमन्त कोइराला हुनुहुन्छ।

नेपाली भाषाको संरक्षण र प्रवर्धन गर्ने उदेश्यले नेपाली अमेरीकी तथा नेपाली भाषी बाल बालिकालाई लक्षित गरि पाठशाला संचालन गर्न लागिएको जानकारी पाठशालाकी गुरुआमा सुजाता ढुङ्गेलले गराउनु भयो ।१४ वर्षे लामो अमेरिकन नेपाली पाठशालाको उहाँको अध्यापन अनुभब यस क्षेत्रमा बसोबासगर्ने नेपाली मूलका बाल बालिकालाई कोशेढुङ्गा साबित हुने र नेपालीभाषा र नेपाल प्रति जान्ने सुनौलो अवसर रहेकोमा अभिभावकहरूमा उत्साह र खुशी छाएकोअभिभावकहरूको एक मत रहेको छ।

३० मा रहेको बिध्यार्थीसंख्यालाई श्रोत साधनको जोहो गरि बढोत्तरी गरि लैजाने र श्रोत साधनको उपलब्धतानुसार शाखा बिस्तारको सोचपनि रहेको जानकारी कोषाध्यक्ष श्री सचिन पराजुलीले अबगत गराउनु भयो जसमा अभिभावकहरूको सकारात्मक सहयोगी मनको खाँचो रहेको उल्लेख गर्नु भयो ।

नेपाली कला, कौशल र संस्कृतिको बिकास, प्रवर्धन र संरक्षणमा तथा हरेक नेपालीहरूको हरेक सुख दु:खमा सहयोगी साथीको रूपमा निरन्तर काम गर्ने प्रतिवद्धतामा कार्य समितिका सबै सदस्यहरू एक ढिक्का रहेको सदस्य शरद पोखरेलले अवगत गराउनु भयो ।

नेपाली भाषाको संरक्षणका लागि हाम्रो यो प्रयासमा अभिभावकज्यूहरूको सकारात्मक निरन्तर सहयोग मिल्ने छ भन्ने अपेक्षा राख्दै, फुल प्रशादी ल्याइ सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै गुरुआमा सुजाता ढुङ्गेलबाट समापन भएको कार्यक्रममा अभिवावक तथा विद्यार्थीको उल्लेखनिय सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :माघ २५, २०७८ मंगलवार - २२:०८:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend