नायक दिलीप रायमाझीकी छोरी दिव्या रायमाझीले अमेरिकाको प्रतिष्ठित युनिभर्सिटीबाट आईटि बिषयमा माष्टर्स गरेकी छिन ।
नायक रायमाझीले छोरीको उच्च शिक्षाका लागि भन्दै २०१५ मा अमेरिका सपरिवार बसाई सरेका थिए ।
बाबुको पदचाप पछ्याउदै नायिका बन्ने सपना बुन्दै दिव्याले अमेरिकामा थियटर बिषयमा यहांको टाउसन युनिभर्सिटीबाट अण्डर ग्र्याट सकेकी थिईन । "पछि धेरै कुरा चेन्ज भयो । मैले पनि आईटिमा जाने सोंच बनाएं । अनि डिसेम्बरमा माष्टर सकाएं ।" दिव्याले नेप्लिज डायस्पोरासंगको कुराकानीमा भनिन ।

त्यसो त दिव्यालाई बीचमा वकिल बन्ने जोश बढ्यो, तर बीचमै त्यो बाटो छोडिन । "केही क्लास लिएं । यो मेरो क्षेत्र हो भन्ने लागेन र छोडिदिएं।" दिव्याले भनिन ।
पछि आईटि बिषयमा राम्रा जनशक्ति उत्पादन गरिरहेको डेलावर राज्यको विलमिंटन(Wilmington) युनिभर्सिटीबाट दिव्याले आईटिमा माष्टर्स गरेकी हुन । कोभिडका कारण वृहत ग्राजुयसन सेरेमोनी हुन नसकेपछि उनले ईनपर्सन सेरेमोनी गरेकी छिन ।
"जीवनको एउटा महत्वपूर्ण अध्याय सकाएं । ड्याडी ममीको ठुलो ईच्छा पुरा गर्न पाएकोमा खुशी छु ।" दिव्याले भनिन । "यहि खुशीको लागि बुबाले आफ्नो करियरमा ब्रेक लगाएर अमेरिका आउनु भएको थियो ।" दिव्याले कुराकानी कै क्रममा बिगत सम्झिईन ।
छोरीको शिक्षाका लागि अमेरिका हिडेको खबर लगत्तै नायक रायमाझीले 'विदेश भासिएको' भन्दै आलोचना खपेका थिए ।
ग्राजुयट हुनासाथ दिव्याले एउटा राम्रो कम्पनीमा टिम लिड पोजिसनमा काम गरिरहेकी छिन । "तलब त सिक्स फिगर नै होला नी?" नेप्लिज डायस्पोराको प्रश्नमा दिव्याले भनिन, "पहिलो जब हो, झण्डै झण्डै भनौं ।"
साथै बेलाबेलामा बुबा दिलिपले छोरीको ईच्छा नेपाली चलचित्रमा रहेको बताउने गरेको बिषयमा नेप्लिज डायस्पोराले सोधेको प्रश्नमा दिव्याले खुलेरै बोलिन । उनले भनिन "मेरो अबको ध्यान आईटिको जागीर अनि चलचित्रको अभिनयतर्फ हुनेछ ।"
दिव्याले केही चलचित्रहरुबाट अफर आईरहेको पनि बताईन ।

दिव्या नायक दिलीप रायमाझी र मन्जु रायमाझीकी एक मात्र सन्तान हुन ।
छोरीको सफलताबाट नायक दिलीप रायमाझी खुशी र सन्तुष्ट छन । भन्छन, भन्छन, "मैले सहि समयमा सहि निर्णय लिएको रहेछु भन्ने लागेको छ । मन्जु र म धेरै खुशी छौं ।"
"छोरी दिव्याले अब नेपाली चलचित्रमा मुख्य भूमीका निभाएको चलचित्र हेर्ने धोको छ ।" रायमाझीले भने ।

छोरी र श्रीमतीसंगै अमेरिका आएका नायक रायमाझीले अमेरिकाका धेरै राज्यहरुमा नेपाली कार्यक्रममा प्रस्तुती दिनुका साथै इन्ट्रा फाउण्डेशनसंग मिलेर नेपालमा विभिन्न सामाजिक सेवाका कामहरु गरिरहेका छन ।
अमेरिका मै नेपाली भाषी बालबच्चालाई मध्य नजर गरेर मेरो डान्स कप र मेरो भ्वाईस कप रियालिटी शो पनि दिलिपकै सक्रियतामा सम्पन्न हुने गरेको छ । नेपालको डान्स रियालिटी शो, चलचित्र र म्युजिक भिडियोमा पनि दिलीप सक्रिय छन ।


सतीश चापागाईको गीत हेर्नुहोस: