गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका क्रियाशिल अभियन्ता तिलक केसीले एनसीसी अमेरिकाको सदस्यताका विषयमा ध्यानाकर्षण गराएका छन् ।
बर्तमान एनसीसी अमेरिकाको कार्यसमिती निर्वाचनमा अध्यक्ष पदका दावेदार समेत रहेका केसीले निबर्तमान कार्यसमितिवाट निर्वाचन प्रक्रियाको लागी स्थगन गरिएको मेम्बरशिप ड्राईभ वर्तमान कार्यसमितिद्वारा गुमनाम बनाएको आरोप सहित त्यसतर्फ ध्यानाकर्षण गराएका हुन् ।
केसीले एनआरएनए एनसीसी अमेरिका कुहिरोको काग जस्तै रुमल्लिएको भन्दै बन्द भएको करिब १ बर्ष भैसक्दा पनि सदस्यता नखुलाउनुको आशयमाथी प्रश्न गरेका छन् ।
निवर्तमान कार्यसमितिले सपथ लिए लगत्तै सदस्यता वितरण अभियान शुरु भएको कुरा अवगत नभएर यसो हुन गएको हो या नियतवस गरिएको भन्नेबारे अभियन्ता र मतदाता स्पष्ट हुनुपर्ने तर्फ पनि जोड दिएका छन् ।
संघको पारदर्शितामाथी पटक पटक उठ्ने गरेका यस्ता प्रश्नले एनआरएन अभियानमा सहभागी हुन चाहने हजारौ नेपाली अमेरिकनलाइ निरुत्साहन गरेको तथ्य तर्फ बर्तमान कार्यसमितिको ध्यानाकर्षण गराउँदै केसीले आइसीसीसंग अनावश्यक टशल र बिवादका कारण एनआरएनए अमेरिकाको विश्वव्यापी छवि धुमील हुदै गएकोतर्फ पनि गम्भिर हुन आग्रह गरेका छन् ।
सदस्यता वितरणका कारण एनसीसी अमेरिका सधैं बिवाद र अलोचनाको भुमरिमा फस्दै भन्दै उनले आगामी दिनमा यस्तो समस्या आउन नदिन फेस रिडिंग राखेर आइसीसीले तोकेको मापदण्ड अनुसार तुरुन्त सदस्यता वितरण शुरु गर्न बर्तमान कार्यसमितिलाइ अनुरोध गरेका छन् ।