Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

युएईमा नेपाली पत्रकार पक्राउ, रिहाइका लागि तत्काल पहल गर्न युनिमीको आग्रह

युएईमा नेपाली पत्रकार पक्राउ, रिहाइका लागि तत्काल पहल गर्न युनिमीको आग्रह

सतीश चापागाईं

११, फाल्गुण २०७८
images
युएईमा नेपाली पत्रकार पक्राउ,   रिहाइका लागि तत्काल पहल गर्न युनिमीको आग्रह

 

काठमाडौँ, : संयुक्त अरब इमिरेट्स (युएई)को प्रहरीले हिरासतमा राखेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहाइका लागि पहल गरिदिन युनिमी नेपालले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई अनुरोध गरेको छ ।

मिडियाकर्मीहरुको अन्तर्राष्ट्रिय संस्था युनिमी नेपालका अध्यक्ष गोविन्द धिताल नेतृत्वको टोलीले मन्त्री खड्कालाई ज्ञापनपत्र बुझाएर पत्रकार पाण्डेलाई तत्काल रिहाइका लागि पहल गर्न आग्रह गरेको महासचिव जीवन भण्डारीले जानकारी दिनुभयो ।

युएईमा रहेर पत्रकारितामार्फत नेपाल र नेपालीको पक्षमा आवाज उठाउँदै आउनुभएका युवा पत्रकार पाण्डेलाई लेखेकै आधारमा पक्राउ गरिनु अत्यन्त दुःखद भएको युनिमीको भनाइ छ ।पत्रकार पाण्डेको पक्राउका सम्बन्धमा युएईस्थित नेपाली दूतावासमा पटकपटक जानकारी गराई रिहा गर्न पहल गरिदिन परिवारका सदस्यहरुले आग्रह गर्दासमेत दूतावासले बेवास्ता गरेको थाहा हुन आएको छ”, ज्ञापनपत्रमा लेखिएको छ ।

नेपाली व्यवसायी र कामदारको संरक्षण गर्नुपर्ने दूतावासले नै त्यहाँ कार्यरत सञ्चारकर्मी नियोजितरूपमा पक्राउ पर्दासमेत बेवास्ता गर्नु अर्को आपत्तिजनक विषय बनेको युनिमीले जनाएको छ ।

युनिमीको ज्ञापनपत्र बुझेपछि मन्त्री खड्काले पत्रकार पाण्डेलाई रिहा गर्न आफ्नो तर्फबाट पहल भइरहेको र थप पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले कुनै पनि नेपालीलाई विदेशी भूमिमा दुःख पर्दा नेपाली दूतावासले सहयोग र समन्वय गर्नु आधारभूत दायित्व भएकाले सोहीअनुसारको प्रयास हुने जानकारी दिनुभयो ।

परिवारजनले दिएको जानकारी अनुसार त्यहाँको स्थानीय निकायले उहाँलाई सोधीखोजीका लागि बोलाएपछि गत मंगलबार बिहान १० बजे उहाँ आबुधाबीको सिआइडी कार्यलय जानुभएको हो । करिब ११।३० बजेबाट उहाँको मोवाइलमा सम्पर्क हुन छोड्यो । पटकपटक सम्पर्क प्रयास गर्दापनि सम्पर्कमा नआएपछि परिवारले स्थानिय निकायमा गएर उहाँको खोजी प्रयास गर्यो । साँझ ६ बजेतिर उहाँ आफैले सम्पर्क गरेर आफु स्थानीय निकायको निगरानीमा रहेको मात्र जानकारी गराउनु भएको थियो । किन के कारण भन्नेबारे पछि खुलाउने बताउनु भयो । त्यसपछि परिवारले नेपाली दुतावास, सामाजीक संस्था लगायतमा खबर गर्यो । दुतावासमा जानकारी गराएपछि उहाँको विषयमा बुझ्न दुतावासले पीआरओ खटाएको जनाएको थियो । बुधबार साँझ पुन उहाँले सम्पर्क गर्दा आफुलाई सामाजिक संजालमा भिजिट भिषाका बारेमा लेखिएको स्टाटसलाई आधार मानेर दुतावासले उजुरी गरेको खुल्यो । उक्त उजुरी उपर दुतावासले फिर्ता लिएमा आफुलाई तत्काल छोड्ने नलिएको अवस्थामा जेल चलान गर्ने र डिर्पोट गर्ने जनाउनुभयो। उहाँको भनाइलाई आधार मानेर दुतावासमा बुझ्दा दुतावासले आफुहरुले उजुरी नगरेको जनायो । राजदुत आफैले पनि दुतावासबाट यस्तो हुन नसक्ने बताउदै आउनु भएको छ गत शुक्रबारदेखि उहाँ परिवारको सम्पर्कमा समेत हुनुहुन्न । परिवारले उहाँको अवस्था, उहाँ विरुद्घको मुद्दा कसले र किन लगाएको बारेमा जानकारी गराई उहाँलाई सकुशल फर्काइदिन माग गदै दुतावासमा आग्रह गरेको छ ।

परिवारले दुतावासमा दिनहुँ सम्पर्क गर्दा उहाँमाथी अनुसन्धान भइरहेको र अन्य विषयमा केही नभनेको जवाफ दिने गरेको छ । परिवारले उहाँ कहाँ हुनुहुन्छ ? अवस्था के छ ? किन सम्पर्क हुन सकेको छै भन्दा आफुहरुलाई पनि भेट्न नदिएको र सुरुमा स्थानीय निकायले बोलाएकै ठाँउमा राखेको र अनुसन्धान चलिरहेको जवाफ दिने गरेको छ । तर अन्य माध्यमबाट बुझ्दा उहाँ दुतावासले भनेको स्थानमा नरहेको र उहाँलाई आबुधाबीको केन्दिय कारागार अल वत्तत्तामा राखिएको खुलेको छ। स्थानीय प्रहरीका अनुसार उहाँ विरुद्घ सामाजिक संजालमा दुतावासका बारेमा लेखेको आधारमा साइबर क्राइमको मुद्दा देखिएको छ । उहाँको तुरुन्त रिहाईका लागि पहल गरिदिन परिवारजनले सबैलाइ आग्रह गरेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - ०८:२४:११ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend