बाल्टिमोर एशोसियसन अफ नेप्लिज ईन अमेरिका (बाना) को आगामी तीन बर्षको लागि नयां कार्य समिति चयन गर्ननिर्वाचन हुने पक्का जस्तै भएको छ । आईतबार बानाको निर्वाचन समिति समक्ष दुई प्यानलका उमेद्वारहरुले उमेद्वारी दर्तागराएपछि निर्वाचन हुने नै देखिएको हो।
निर्वाचन समितिमा अध्यक्ष पदका लागि दुईजनाको मनोनयन परेको छ । बर्तमान अध्यक्ष सुबोध विलास पन्त र बर्तमान बरिष्ठ उपाध्यक्ष हिरा गुरुंगले एउटै पदमा उम्मेद्वारी दिएका हुन।
बरिष्ठ उपाध्यक्षमा लक्ष्मी भारती र अनिल गोदारको उमेद्वारी परेको छ भने महासचिवमा उदय भट्टराई र सागर घिमिरेको उमेद्वारी परेको छ । त्यस्तै उपाध्यक्ष पदमा भीम केसी र सचिवमा हिराबहादुर खत्रीको मात्र उमेद्वारी परेकोले उनीहरु निर्बिरोध भएका छन । कोषाध्यक्षमा रिचा शाह र नरेश खड्काले उमेद्वारी दिएका छन ।
बानाको बोर्ड अफ डाईरेक्टर पदका लागि ८ जना चाहिनेमा १३ जनाको उमेद्वारी परेको छ । जसमा सुसन मानन्धर, शिशिर तिवारी, सन्तोष घिमिरे, श्याम कुमार कोईराला, ईशा गुरुंग, प्रेम कमली, खीम बहादुर मश्राङी मगर, सरु बिश्वकर्मा, राजुरामदाम, यमुना घिमिरे, रमेश शर्मा, वसन्त बस्नेत र भुपेन्द्र गुरुंग छन ।
दुबै प्यानलले निर्वाचन समितिमा मनोनयन गर्नु पुर्ब नै आ-आफ्नो टिम घोषणा गरिसकेका थिए ।
अझैपनि दुई टिमलाई मिलाउने प्रयास भईरहेको बुझिएको छ । कार्य समितिका बिभिन्न पदमा उमेद्वारी दिनेहरु लचक देखिएपनि अध्यक्षका उमेद्वारहरु दुवैजनाले एकले अर्कोलाई कुनै हालतमा नछोड्ने अडान लिएका कारण चुनाव हुनेनिश्चित रहेको बानाको यो निर्वाचनलाई नजिकबाट हेरिरहेका एक सदस्यले बताए ।
उनीहरुले सार्बजनिक गरेको प्यानल यसप्रकार छ :
हिरा गुरुंग प्यानल

सुबोध पन्त प्यानल
