एनआरएनए मेरिल्याण्ड च्याप्टरले अमेरिकामा रहेको नेपाल एम्बेसीसंग सहकार्य गर्दै विभिन्न बिषयमा अन्तरक्रिया कार्यक्रममा गर्ने भएको छ । एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टरका सचिव प्रविन खड्काले यो जानकारी दिएका हुन ।
एनआरएनए र नेपाल एम्बेसीसंग प्रत्यक्ष सरोकार भएका मुद्दाहरु एनआरएन कार्ड, डलर एकाउण्ट र नेपालमा लगानीका सम्भावना जस्ता बिषयमा कार्यक्रममा व्यापक छलफल गर्न लागिएको सचिव खड्काले बताए ।
“मेरिल्याण्डका नेपालीहरुले धेरै नै पटक सोध्नु भएको आम बिषयलाई सम्बोधन गर्न यो कार्यक्रम आयोजना गरेका छौं ।सो दिन छलफलसंगै सम्बन्धित बियषयमा सहभागि हुन चाहनेको बिधी प्रक्रिया पनि अगाडी बढाईने छ ।” मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीले बताए ।
झण्डै एक दर्जन व्यक्तिले सोही दिन एनआरएन कार्डको लागि आवेदन दिने अनुमान गरिएको पनि अध्यक्ष पराजुलीलेबताए ।
मेरिल्याण्ड च्याप्टरको आफ्नै कार्यालयमा गरिने उक्त कार्यक्रममा डिसीस्थित नेपाली दूताबासका उच्च पदस्थ अधिकारीहरुको पनि उपस्थिती रहने बताईएको छ ।
कार्यक्रममा उपस्थित भईदिनु हुन मेरिल्याण्डका सबै संस्था र व्यक्तिहरुलाई मेरिल्याण्ड च्याप्टरका अध्यक्ष पराजुलीले अनुरोध गरेका छन ।