Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकाको नेब्रास्कामा नेप्लिज सोसाईटी गठन

अमेरिकाको नेब्रास्कामा नेप्लिज सोसाईटी गठन

सतीश चापागाईं

२२, फाल्गुण २०७८
images
अमेरिकाको नेब्रास्कामा नेप्लिज सोसाईटी गठन

 मार्च ५ तारिक शनिबारको दिन नेब्रास्का नेप्लीज सोसाइटी अमेरिकाको वर्ष २०२२-२०२४ को लागि कार्यसमितिको गठन गरिएको गर्जने काम सम्पन्न भएको छ ।

धिरेन्द्र न्यौपानेको अध्यक्षतामा गठित समितीको उपाध्यक्षहरुमा शुशिल श्रेष्ठ र सुवास बानिया रहेका छन । त्यस्तै सचिवमा प्रकास सुवेदी कोषाध्यक्षमा ध्रुव पौडेल, आइटी अफिसरमा राजीव सापकोटा र पब्लिक रिलेसन कोर्डिनेटरमा अमर थापा रहेका छन । 


कार्यसमिति अन्य सदस्यहरुमा बसन्त श्रेष्ठ, मनिषा महर्जन, कल्पु राई, ईश्वर चौधरी, नवीन प्रकाश अधिकारी, गोमा सापकोटा, टिका नेपाल, ज्ञानेन्द्र आचार्य, केशव पौडेल, विकास ढकाल, प्रकाश कँडेल,
अशोक ढकाल, सरोज पन्थ र प्रदिप सुवेदि रहेका छन । साथै कार्य समितिको Kearney प्रतिनीधिमा  प्रिति बस्याल र Lincoln प्रतिनीधिमा  सन्ध्या कार्की रहेका छन । 

सोसाइटीको पहिलो बैठकमा आफ्नो महत्वपूर्ण धारणा राख्दै उपस्थित कार्यसमिति सदस्यहरुले सोसाइटीलाई नेब्रास्कामा बस्ने सम्पुर्ण नेपालीहरुको विश्वास जित्ने खालको कार्यक्रम तथा योजना अगाडि बढाइ काम गर्नुपर्नेमा जोड दिने बिषयमा छलफल भएको थियो ।

 बैठकले नेब्रास्कामा नयाँ आउने नेपाली जो कोहीलाई पनि सहयोग पुगोस भन्ने उद्धेश्यका साथ नेब्रास्का आगन्तुक सहयोग समिति गठन गर्ने र छिट्टै विधानअनुरुपको सल्लाहकार समिति गठन गरि सार्वजनिक गर्ने लगायतका निर्णय गरेको समितीका सदस्य सरोज पन्थले जानकारी दिएका छन ।


नेब्रास्का आगन्तुक सहयोग समिति अन्तर्गत रहेर सामाजिक सेवा गर्न चाहने इच्छुक नेब्रास्काबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई सम्पर्कको लागि समेत हामी विनम्र अनुरोध गर्दछौँ ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - २०:०९:१६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend